उडिरहेको विमानमा हेडफोन पड्किँदा एक महिला गम्भीर घाइते (भिडियो सहित)

काठमाडौं, चैत २ । अष्ट्रेलियाको बेलवर्नबाट बेइजिङ जाँदै गरेको विमानमा हेडफोन पड्किँदा एकजना महिला गम्भीर घाइते भएकी छन् ।

हेडफोन पड्किनुअघि उनी गीत सुन्दै–झुल्दै गरेको विमानमा सवार अरु यात्रीहरुले बताएका छन् ।

हेडफोन पड्किएर निक्लिएको आगोले जलेर महिलाको अनुहार निकै जलेको र हातमा पनि पोलेको छ ।

लिथियम आइरन ब्याट्रीमा भएको गडबडीका कारण घटना भएको अनुमान गरिएको छ ।

पछिल्लो समयमा यात्राकाक्रममा लिथियम ब्याट्रीहरुमा निकै समस्या आउन थालेको छ ।

घटनापछि अष्ट्रेलियन ट्रान्सपोर्ट अथोरिटीले यात्राकाक्रममा ब्याट्रीबाट चल्ने उपकरण प्रयोग नगर्न सुचित गरेको छ । (एजेन्सी)

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस् >>>



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।