एमालेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत बाँकी प्रदेश नं २ का जिल्लामा पनि सभा गर्ने

काठमाडौँ, ७ चैत । नेकपा (एमाले)ले मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत बाँकी प्रदेश नं २ का जिल्लामा पनि सभा गर्ने भएको छ ।

पार्टीको केन्द्रीय सचिवालयको आज बसेको बैठकले सम्बन्धित प्रदेश कमिटीसँग समन्वय गरी कार्यक्रम तय गर्ने निर्णय भएको एमालेका सचिव एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

एमालेले सिरहा, धनुषा, रौतहटलगायत मध्यतराईका जिल्लामा संविधान कार्यान्वयन, निर्वाचन राष्ट्रिय एकता र सद्भावको नारासहितको सो अभियान सञ्चालन गर्ने भएको हो ।

गत फागुन २१ गते झापाबाट सुरु भएको सो पार्टीको अभियान फागुन २३ गते सप्तरीको राजविराज पुग्दा हिंसात्मक घटना भएपछि मध्यतराईका जिल्लाका कार्यक्रम स्थगन भएका थिए । अभियान यही चैत ५ गते कञ्चनपुरमा समापन भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।