जित्नेगरी लाग्न पौडेलको कार्यकर्तालाई निर्देशन

फाईल फोटो

इलाम, ७ चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचन जसरी पनि हुने भन्दै निर्वाचनमा जित्नेगरी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेपाली काँग्रेस इलामले आज सदरमुकाममा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता पौडेलले भ्रम चिर्दै जनताको भावना बुभ्mन र जनअपेक्षाअनुसारको काम गर्नपनि कार्यकर्तालाई निर्देशन दिनुभयो ।

अब काँग्रेसको नीतिले मात्र जनताको सबै समस्या समाधान गर्नसक्ने भएकोले उक्त नीतिबारे जनतालाई चेतनशील बनाउन सके काङ्ग्रेस जति ठूलो पार्टी अरू बन्न नसक्ने उहाँको भनाइ थियो ।

काँग्रेस बलियो भएन भने लोकतन्त्र बलियो नहुने भन्दै उहाँले काँग्रेसको एकता अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो ।

आगामी निर्वाचनका लागि काँग्रेसबाट उम्मेदवार चयन गर्दा मिलाएर गर्ने र आगामी बैठकले त्यो बारेमा कार्यविधि निर्माण गर्ने पनि नेता पौडेलले बताउनुभयो ।

महामन्त्री डा शशाङ्क कोइरालाले केन्द्रीय समितिको चैत १० गते हुने बैठकपछि आउने निर्देशनलाई आत्मसात गर्दै निर्वाचनका लागि निर्देशन पाउने बित्तिकै गाउँ जान कार्यकर्तालाई आग्रह गर्नुभयो ।

केन्द्रीय सदस्य शेखर कोइरालाले सङ्घीय गणतन्त्र कसैलाई मन परे वा नपरे पनि आइसकेकाले व्यवस्थित र संस्थागत गर्नुपर्ने बताउनुभयो । एक प्रतिशतभन्दा कमले मात्र बोल्ने हिन्दी भाषा राष्ट्रिय भाषा नहुने बताउँदै अङ्गिकृत नागरिकता लिएका नागरिकले राज्यको संवेदनशील पद नपाउने उहाँको भनाइ थियो ।

नेता पौडेलसहित काङ्ग्रेसका महामन्त्री कोइराला, केन्द्रीय सदस्यहरू शेखर कोइराला, धनराज गुरूङ, गुरूराज घिमिरेलगायतका नेताहरू प्रशिक्षण कार्यक्रमको सिलसिलामा इलाम आइपुग्नुभएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।