सीमाङ्कन थाती राखेर अरू विषयमा सहमति खोज्न प्रस्ताव

काठमाडौँ, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बेग्लाबेग्लै भेटी प्रदेशको सीमाङ्कन थाती राखेर अरू विषयमा सहमति खोज्न प्रस्ताव गर्नुभएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उहाँहरुबीच भएको भेटवार्तामा संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेर छलफल भएको थियो । आजदेखि चीन भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री दाहालले छिमेकीलाई दलबीच सहमति भएको सकारात्मक सन्देश सुनाउन चाहेको कुरा पनि बैठकमा राख्नुभएकामा प्रतिपक्षले यसलाई थप छलफलको आवश्यकता औँल्याएको थियो ।

पहिलो चरणमा यादवसँग छुट्टै छलफल गर्नुभएका प्रधानमन्त्रीले दोस्रो चरणमा एमाले अध्यक्ष ओली र उपाध्यक्ष वामदेव गौतम तथा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग छलफल गर्नुभएको थियो । दोस्रो चरणको छलफलपछि नेता गौतमले प्रधानमन्त्रीले सीमाङ्कनबाहेक अरू विषयमा सहमति गरौँ भनेर प्रस्ताव राख्नुभएको जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।