महिलाले जित्ने व्यवस्था गर्न आग्रह

काठमाडौँ, ११ चैत । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले उम्मेदवारको छनोट गर्दा महिला विजयी गराउने लक्ष्यका साथ गर्न आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगले आज आयोजना गरेको ‘स्थानीय तह निर्वाचनमा लैङ्गिक तथा समावेशी सहभागितासम्बन्धी संवाद तथा अन्तक्र्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै डा यादवले स्थानीय तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी दिनुभयो । स्थानीय तह निर्वाचन ऐनले प्रत्येक वडामा दुई महिलामध्ये एक दलित महिला हुनैपर्ने पनि व्यवस्था गरेको छ ।

डा यादवले निर्वाचनको प्रसारप्रसार तथा उम्मेदवारीदेखि मतदानसम्मका कार्यमा महिला, दलित, अल्पङ्ख्यकलाई प्राथमिकतामा राख्न पनि अनुरोध गर्नुभयो ।

यस्तै आयुक्त नरेन्द्र दाहालले स्थानीय तह निर्वाचनले समावेशी पक्षलाई प्राथमिकता दिएको बताउँदै सक्षम उम्मेदवार उठाएर लोकतन्त्रको जगलाई बलियो बनाउने कार्यमा सहयोग गर्न दलका नेतासँग आग्रह गर्नुभयो ।

आयोगका सहसचिव दीपक सुवेदीले पुरुष र महिलाको समान पहुँच स्थापित गर्न कानुनी व्यवस्था भएकाले त्यसको प्रयोग व्यवहारमा आउनुपर्ने बताउनुभयो । आयोगका सहसचिव नवराज ढकालले ‘स्थानीय तह निर्वाचनमा लैङ्गिक तथा समावेशी सहभागिता’ र उपसचिव मुकुन्द शर्माले ‘लैङ्गिक सहभागिताको अवस्था’बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । आयोगले ‘स्थानीय तहमा लैङ्गिक तथा समावेशी सहभागिता’ विषयमा आयोगमा दर्ता भएका राजनीतिक दलमध्ये पहिलो चरणमा आज ५० राजनीतिक दलका प्रतिनिधिसँग अन्तक्र्रिया गरेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।