कोरियन फ्लेवरमा रायनले बनाए यस्तो म्युजिक भिडियो (भिडियो सहित)

पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा निकै ब्यस्त हुँदै गैरहेका गायक तथा निर्देशक रायन कार्कीले निर्देशन गरेको गायक प्रमोद सुनुवारको ‘कसरी’ बोलको गीतको म्युजिक भिडियो सामाजिक संजाल यु-ट्युबबाट सार्वजनिक भएको छ।

गायक प्रमोद सुनुवारद्वारा रचना एबम संगीत बद्द उक्त गीतलाई श्रीजन नेपालले एरेन्ज गरेका हुन।

यसका निर्देशक रायनले उक्त भिडियोलाई युवा पुस्तालाई लक्ष्यित गरेर कोरियन फ्लेवरमा निर्माण गरेका हुन । “कसरी” गीतको भिडियोको हरेक फ्रेमिङ शट र यस्को कलरिङ्ग हेर्दा कोरियन भिडियो हेरेको महसुस जो कसैले गर्न सक्छ।

बियोगान्त थिममा तयार गरिएको भिडियोमा मोडलद्वय उरिशा र सुदिप मगरको अभिनय हेर्न सकिन्छ । सिमा गुरुङको श्रृङ्गार रहेको उक्त भिडियोमा सुमित नेपालीको क्यामरा वर्क तथा दिपक बिष्टको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस् 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।