राजु मगरको “चोखो माया” मा धोकेबाज निस्किईन आशा (भिडियो सहित)

आफ्नो मन मुटुमा सजाएर राखेको व्यक्तिले चटक्कै छोडेर जादाको पीडालाई भुल्न निकै गाह्रो हुन्छ । यस्तै भाब झल्किने सब्दहरुको संगालो रहेको गीत यतिखेर सांगीतिक बजारमा भिडियो सहित सार्बजनिक भएको छ ।

प्रियशी म्युजिक प्रालिको बजार व्यवस्थापनमा सार्बजनिक अडियो तथा भिडियो “चोखो माया” नामक एल्बममा समाबेश गरिएको छ । राजु मगरको सब्द समाबेश “चोखो माया” बोलको उक्त गीतमा राजु कै सुमधुर आवाज सजिएको छ । त्यस्तै गीतमा मान बहादुर मगरले भरेका छन् भने सो गीतको भिडियोलाई प्रियशी म्युजिकको अफिसियल युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।

प्रेममा धोका पाएपछि बितेका अबिश्मरणिय पलहरुको सम्झना गर्दै आकर्षक ढंगले भिडियोलाई तयार पारिएको छ । काजिश श्रेष्ठको निर्देशन रहेको भिडियोमा ओम, आशा खड्का र मान बहादुरलाई गीतमा समाबेश सब्दको भावलाई मध्यनजर गर्दै जिवन्त अभिनय गर्दै गरेको देख्न सकिन्छ । त्यस्तै सागर गौतमले छायांकन गरेको भिडियोलाई अविनाश डिसीले सम्पादन गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।