देवर भाउजुबीच सिस्नुपानी छ्यापेर विषु पर्व मनाइँदै

कञ्चनपुर, १ वैशाख । देवर भाउजुबीच सिस्नुपानी छ्यापेर कञ्चनपुरलगायत सुदूरपश्चिम क्षेत्रमा रमाइलो गरी आज विषु पर्व मनाइँदै छ ।

विषु पर्वका दिन सिस्नुपानी छ्यापेमा शरीरमा रहेका बाथ पित्तलगायतका रोग निको हुने जनविश्वासका साथ देवर भाउजु र सालीलाई यस पर्वमा सिस्नुपानी छ्याप्ने गरिन्छ ।

बिहानै घरनजिकका तालतलैया अथवा तीर्थमा गएमा नुहाएर शरीरमा रहेको फोहरमैला बगाउने, बालबालिकाको कपाल खौरिने, विवाह व्रतबन्ध गर्ने र मन्त्रोच्चारण गर्ने दिनका रुपमा विषु पर्वलाई लिइने गरिएको सुदूरपश्चिमका संस्कृतिका जानकार दुर्गादत्त भट्टले बताउनुभयो ।

आजको दिन नुहाएमा शरीरको विष फालिने भएकाले रोगब्याधी नलाग्ने जनविश्वास रहेको छ । विषु पर्वमा दिदीबहिनीलाई बोलाई नयाँ अन्नबाट बनेका सेल, पुरी, खिर, मासुलगायतका विशेष परिकार घरमा तयार गरी परिवारका सदस्यसँगै बसेर खानेसमेत यस पर्वमा गरिन्छ ।

विदेश भएका पनि यस पर्वका अवसरमा घर फर्केर परिवारसँग रमाइलो गरी बिताउने गर्दछन् । वर्ष दिनमा एकै दिन भए पनि आज मासु भने अनिवार्य खाइन्छ । यसै अवसरमा नयाँ कार्यको थालनी र पुराना कार्यको समीक्षा गर्ने, नयाँ वर्षका लागि नयाँ पारिवारिक योजना बनाउने यहाँको समाजमा चलन रहेको छ ।

यो पर्व सुदूरपश्चिम क्षेत्रलगायतका भारतको कुमाउ गढवाल क्षेत्रमा धुमधामका साथ मनाइने गरिएको छ ।

यसैबीच, भारतमा रोजगारी गर्न गएका पश्चिमी सिमानाका गड्डाचौकी भएर भित्रिनेको सङ्ख्या समेत उल्लेख्य रहेको छ ।

यात्रुको चापलाई मध्यनजर गर्दै भारतीय प्रहरीसँगको समन्वयमा नेपाल प्रहरीले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई बलियो बनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।