युवालाई पशुपालनतर्फ आकर्षित गर्न दुई करोड ४१ लाख अनुदान

पोखरा, ४ वैशाख । जिल्ला पशुसेवा कार्यालयले युवालार्ई पशुपालनतर्फ आकर्षित गर्न चालु आवमा रु दुई करोड ४१ लाख २१ हजार अनुदानको व्यवस्था गरेको छ ।

स्थानीय भैँसी स्रोत केन्द्र काहुँ देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्थालाई रु ४२ लाख ७५ हजार र युवा लक्षित कार्यक्रमअन्तर्गत हेम्जा गाई फार्मलाई रु तीन लाख ७५ हजार दिन लागेको कार्यालयका पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै बङ्गुर व्यवसाय प्रवद्र्धन गर्ने एकजनालाई रु चार लाख, विगलेटका पाँच फार्मलाई रु दुई÷दुई लाख, मासुका लागि बङ्गुर पाल्ने चारवटा फार्मलाई रु एक÷एक लाख, मासुका लागि भैँसीका पाडा पाल्ने तीन फार्मलाई रु दुई÷दुई लाख र नश्ल सुधारका लागि बोका पाल्ने ३० कृषकलाई रु १५÷१५ हजारका दरले अनुदान दिइने छ ।

साना गाईंभैसी पालन गर्न सातवटा फार्मलाई रु एक लाख ७० हजार÷एक लाख ७० हजार, व्यावसायिक पशु सुधार कार्यक्रमअन्तर्गत २५ वटा गोठ सुधारका लागि रु १०÷१० हजार तथा घाँस काट्ने उपकरण खरिद, बर्खे घाँस उत्पादन, घाँस विकासजस्ता कार्यक्रममा पनि अनुदानको व्यवस्था गरिएको छ ।

किसानलाई दिइने अनुदानमध्ये ७० प्रतिशत भुक्तानी भइसकेको र बाँकी काम सम्पन्न भई बिल भर्पाइ आएपछि भुक्तानी दिने प्राविधिक श्रेष्ठले बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।