७५ जिल्लाकै नमुना मतपत्र अब वेबसाइटमा !

काठमाडौं, ६ वैशाख । निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि मुलुकका ७५ जिल्लाका लागि छपाइ भएको मतपत्रको नमुना वेबसाइटमा राखेको छ ।

स्थानीय तहको निर्वाचनका लागि आयोगले ६ आकारको मतपत्र छपाइ गरेको छ ।

मतपत्रको शीर्ष भागमा व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका चुनाव चिह्न क्रमसंख्याअनुसार पहिलो लहरमा रहनेछन् भने त्यसपछि स्वतन्त्र उम्मेदवारका निर्वाचन चिह्न रहेका छन् ।

मुलुकमा चार महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिका गरी ७४४ स्थानका लागि निर्वाचन हुन लागेको हो ।

यो निर्वाचनबाट १३ हजार ३६० महिला उम्मेदवार निर्वाचित हुनेछन् भने ६ हजार ६८० वडाबाट एक–एकजना दलित महिला पनि चुनिनेछन् ।

स्थानीय तहको निर्वाचनबाट मुलुकभर ३६ हजार ६३९ जना निर्वाचित हुने आयोगले जनाएको छ । रासस

यहाँ क्लिक गरी आफ्नो जिल्लाअनुसार (पीडीएफ) हेर्न सक्नुहुनेछ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।