पिपल्स क्याम्पसमा अनेरास्ववियु प्यानल नै विजयी

काठमाडौँ, ७ वैशाख । काठमाडौँको पकनाजोलस्थित पिपल्स क्याम्पसनमा अनेरास्ववियु विजयी भएको छ ।

सभापतिमा अनेरास्ववियुका आदित बोहोरा १७१ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी नेविसङ्घका अरुण घलेले १२३ मत र अखिल क्रान्तिकारीका सचीन भुर्तेलले जम्मा ५६ मत प्राप्त गर्नुभएको थियो ।

सचिवमा उमेश विक (सिरिष) र कोषाध्यक्षमा अरुण धिताल विजयी हुनुभएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो ।

सदस्यमा विश्वास खनाल, रुजिना पौडेल, जोनसन अधिकारी, सिर्जना सेन्चुरी, पुष्प मोक्तान, मुकुन्द खतिवडा र अमिश मानन्धर निर्वाचित हुनुभएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।