‘छुकछुके रेल’मा बबाल नृत्य (भिडियो सहित)

पछिल्लो पटक नेपाली गीत संगीतमा फरकपन,फरक स्वाद पस्किने होडनै चलेको छ । देश-बिदेशमा आयोजना हुने विभिन्न मेला महोत्सवमा स्टेज तताउने खालका गीतको माग अनुसार गीतकार तथा संगीतकारहरुले यतिबेला आफ्ना सृर्जनाहरुमा परिस्कृत गरिरहेका छन् ।

यसकै निरन्तरता स्वरुप एस.आर.एस. इन्टरटेन्मेंटको ब्यानरमा गायिका:रमिला ग्याङग्मी मगरको आवाज रहेको “छुकछुके रेल” बोलको गीतको भिडियो सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा एक भब्य समारोह बिच पत्रकार सम्मेलन गरेर गीतको भिडियो सार्वजनिक गरिएको हो ।

अनिल मानन्धरको छाँयाकँनमा, सुप्रिम पराजुलीद्वारा सम्पादित अनि बिकाश सुबेदीको निर्देशन रहेको उक्त भिडियोमा अहिलेको ब्यस्त अनि चर्चित गितकार डि.पी खनालको शब्दमा,धनु ग्याङमीको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ,भने नृत्य तर्फ भारतिय रियालिटी सो डान्स इन्डिया डान्सका प्रतियोगी सुनिल क्षेत्री तथा उनको टिम ‘नेपाली ठीटोजको रहेको छ । बलिउडमा आफ्नो ट्यालेन्ट देखाई सकेका सुनिल क्षेत्री अबभने आफ्नै देशमा आफ्नो प्रतिभालाई देखाउने तरखरमा रहेको बताउँछन्।
क्षेत्रीको कोरियोग्राफी र उनको टिमको नृत्यकला साराहनिय छ।

“छुकछुके रेल”बोलको गीतमा मोडल तथा अभिनेत्री माला लिम्बुको साथमा सुनिल छेत्री तथा नेपाली ठीटोज टिमको डान्स हेर्न सकिन्छ । गीति भिडियो सार्वजनिक कार्यक्रममा सुनिल छेत्री तथा नेपाली ठीटोज टिमले लाईभ डान्स देखाएर उपस्थित सबैलाई चकित परेका थिए ।

छुकछुके रेलको अफिसियल भिडियो हेर्नुहोस:



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।