राप्रपाले काठमाण्डौंको मेयर र उपमेयरको नाम तोक्यो, रेखा थापा ‘आउट’

राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाण्डु महानगर कार्यसमितिले कामपा मेयरमा राजाराम श्रेष्ठलाई उम्मेदवारीका लागि निर्विरोध सिफारिस गरेको छ ।

उपमेयरमा नायिका रेखा थापाको चर्चा चले पनि उनको नाम सिफारिस भएको छैन । उपमेयरमा सोनाम शाक्य, रेश्मा शाह, गङ्गा विक, सुधा जोशी र कुन्तीदेवी पोखरेललाई सिफारिस गरिएको छ ।

यसअघि रेखा थापालाई माओवादीले संविधान सभा निर्वाचनमा उम्मेदवार बनाउने चर्चा चले पनि मतदाता नामावलीमा नाम नभएका कारण उनलाई उम्मेदवार बनाइएको थिएन ।

यस पटकको स्थानीय तह निर्वाचनमा काठमाण्डुको वडा नम्बर ७ को मतदाता नामावलीमा उनको नाम रहेको छ ।

राप्रपाले स्थानीय तहको निर्वाचनमा वैचारिक तथा सैद्धान्तिक रुपमा नजिक रहेका दलसँग चुनावी तालमेल गर्ने भएको छ ।

पार्टीले आफू हार्ने स्थानमा अन्य दललाई सहयोग गर्ने तथा जित्ने सम्भावना भएका स्थानमा अन्य दलको सहयोग लिने गरी तालमेल गर्न सम्बन्धित जिल्लालाई अधिकार उपलब्ध गराएको छ ।

पार्टीले तालमेलका लागि अहिलेसम्म नेपाली काँग्रेस र नेकपा (एमाले) सँग समन्वय र छलफल गरिरहे पनि टुङ्गो लागिसकेको छैन । ती दुई दलमध्ये एक दलसँग तालमेलका लागि निर्णय लिएपछि उम्मेदवार छनोट अगाडि बढाइने छ ।

उम्मेदवार छनोटका लागि आवश्यक विधि र प्रक्रियासमेत निर्माण गरिएको छ । निर्वाचनमा उम्मेदवारको कार्य दक्षता, क्षमता, जनसमर्थन, पार्टीप्रतिको निष्ठालगायत विषयलाई मूल्याङ्कन गरी टिकट दिइने छ ।

काठमाण्डु जिल्ला कार्यसमितिले काठमाण्डुका १० नगरपालिका प्रमुख तथा प्रमुखका लागि नामावली तयार पारिसकेको भए पनि तालमेलको निर्णय भइनसकेकाले ती नामावली सार्वजनिक गर्न नसकिएको समितिका अध्यक्ष नवराज सिङ्खडाले जानकारी दिए । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖