महिलालाई उद्यमीका लागि रु १० लाख ऋण दिइने

काठमाडौँ, ११ वैशाख । उद्योगमन्त्री नवीन्द्रराज जोशीले १० वर्षभित्र नेपाली युवा रोजगारीका लागि विदेश जानै नपर्ने गरी स्वदेशमै रोजगारी बढाउन एउटा स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने योजना भइरहेको बताउनुभएको छ ।

घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको १३ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४ को आज समापन कार्यक्रममा उहाँले प्रत्येक महिलालाई उद्यमी बन्नका लागि प्रोत्साहन गर्न जनही रु १० लाख ऋण दिने योजनाबारे पनि जानकारी दिनुभयो ।

महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)सँग प्राकृतिक रेशाबाट नरम धागो बनाउने प्रविधिको विकास गर्ने सम्बन्धमा खोज तथा अनुसन्धान तथा प्रविधि विकास गर्ने सहमति भएको बताउनुभयो ।

कार्यक्रममा उत्कृष्ट प्रविधिमा प्रदीप नेपाल, नवीन आविष्कारमा सुमन पौडेल, उत्कृष्ट महिला उद्यमीमा सीता मल्ल, उत्कृष्ट उद्यमीमा बुद्ध ह्यान्डिक्राफटका नीलम ताम्राकार र स्वचालित धारा प्रणालीका रवीन गिरी घोषित हुनुभयो । उत्कृष्ट हुनेलाई भारतको औद्योगिक भ्रमण गराइने आयोजकले जनाएको छ ।

यही वैशाख ७ देखि ११ गतेसम्म सञ्चालित उक्त प्रदर्शनीमा करिब रु सात करोडभन्दा बढी कारोबार भएको बताइएको छ । प्रदर्शनीमा घरेलु उत्पादनका दुई सय १६ कक्ष थिए जसमा भारत, पाकिस्तान, बङ्गलादेश र चीनका ३० कक्ष पनि थिए । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।