प्रमुख पदका लागि उम्मेदवार नबनाएपछि दलित समुदाय असन्तुष्ट

कालीकोट, १३ वैशाख । कुनै पनि राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा दलितलाई प्रमुख पदका लागि उम्मेदवार नबनाएपछि यहाँका दलित समुदायले असन्तुष्टि पोखेका छन् ।

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नेमकिपा र राजमो लगायतका दलले जिल्लाका तीन नगरपालिकाका प्रमुख र छ गाउँपालिकाका अध्यक्ष पदका लागि दलित उम्मेदवारलाई छनोट नगर्दा दलित समुदायले असन्तुष्टि पोखेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सदस्य तथा दलित महिला नेतृ हजा सुनारले “जिल्लाका सबै पार्टीले उपल्ला जातका मान्छे मात्र उम्मेदवारका लागि योग्य भएको बताउने तर ४० प्रतिशत दलित भएको कालीकोटमा भने एकजनालाई पनि स्थानीय तहको प्रमुख पदमा उम्मेदवार बनाउन नसक्नु विडम्बना भएको बताउनुभयो ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र) का दलित नेता दिनेश चन्दाराले आर्थिक रुपले पछाडिपरेका दलित तथा निम्न वर्ग भन्दा पनि स्थानीय तहको निर्वाचनमा दलहरुले उपल्ला जातका मान्छेलाई मात्र प्राथमिकतामा राखेको आरोप लगाउँदै यस वारे आफूले आफ्नो पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराएको बताउनुभयो ।

नेपाली काँग्रेस निकट नेपाल दलित सङ्घका जिल्ला अध्यक्ष निलो तिरुवा ,नेकपा (एमाले) निकट जातीय मुक्तिमोर्चाका दानबहादुर विक, नेकपा (माओवादी केन्द्र) का अनन्त विक र दिनेश चन्दारा, राप्रपा निकट दलित सङ्गठनका हजा सुनार, दलित महिला अगुवा छाया सुनार लगायतले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी स्थानीय तहको प्रमुख पदमा दलित समुदायबाट पनि उम्मेदवार बनाउन दलहरुलाई आग्रह गर्नुभयो ।

कालीकोट जिल्लामा नगरप्रमुख तथा गाउँपालिकाका अध्यक्ष पदमा दलित उम्मेदवार शून्य छन्, भने रास्कोट नगरपालिका– ५ मा नेकपा (माओवादी केन्द्र) का तर्फबाट मनबहादुर तिरुवा, वडा न– ३ मा एकजना, पचाल झरना गाउँपालिका– १ , २ र ५ मा मात्र वडा अध्यक्ष पदमा दलित समुदायका उम्मेदवार छनोट गरिएको बताइएको छ ।

२०५४ सालको स्थानीय निर्वाचनमा दलित समुदायका एकजना गाविस अध्यक्ष र पाँचजना गाविस उपाध्यक्षमा निर्वाचित भएका थिए । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।