केपी ओलीको घरमै पुगेर किन रोए धुर्मुस सुन्तली? (हेर्नुहोस् एक भिडियो रिपोर्टसहित)

धुर्मुसले भने, “तपाइँ बाट प्रभावित भएर यति गर्न सकेको हुँ”

काठमाडौं । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगे ।

पार्टी स्थायी कमिटीको बैठकपछि बालकोट पुगेका धुमुस–सुन्तलीले ओलीसंग लामो समयसम्म भलाकुसारी गरे ।

ओलीले धुर्मसले गरेका कामको प्रशंसा गरेपछि धुर्मुसले आफू तपाईबाटै प्रभावित भएको बताएका थिए । लामो कुरा गर्ने क्रममा धुर्मसले गर्ने ओलीको क्यारीकेचरका बारेमा पनि कुरा उठ्यो ।

ओलीले गर्ने हरेक क्रियाकलापका बारेमा ध्यान दिने हुनाले आफूले अध्यक्ष ओलीको क्यारिकेचर गर्न सजिलो हुने गरेको बताएका थिए ।

बस्ती निर्माण, भावी योजना, कलाकारिकतालगायतका बारेमा कुरा गरेर बिदा हुने बेला ओलीले धुर्मुस–सुन्तलीलाई कोट र साडी उपहार दिएका थिए ।

धुर्मुसलाई कोट लगाउँदै ओलीले आगामी दिनमा पनि यस्तै सामाजिक कार्यहरु गर्दै जान भन्दै आशिर्वाद दिएका थिए ।

केपी ओलीको घरमै पुगेर किन रोए धुर्मुस सुन्तली? हेर्नुहोस् एक भिडियो रिपोर्ट 

https://youtu.be/D5d0o2zcn70



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।