राष्ट्रिय जनता पार्टीले चेतावनी दिएलगत्तै प्रधानमन्त्री दाहालले छलफलका लागि बोलाए बालुवाटार

काठमाडौं, वैशाख १४ – प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टीका शीर्ष नेतासँग छलफल गरिरहनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको बैठकमा राजपाको अध्यक्ष मण्डलका महन्थ ठाकुर, शरतसिंह भण्डारी, राजेन्द्र महतो, महेन्द्रराय यादव, अनिल झा लगायत नेता सहभागी हुनुहुन्छ ।

सरकारले मधेसी मोर्चासँगको सहमति तोडेर स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता लिएपछि आन्दोलनमै फर्किने राजपाका नेताहरुको चेतावनीपछि प्रधानमन्त्री दाहालले नेताहरुसँग छलफल गर्नुभएको हो ।

बैठकमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाललाई पनि बोलाईको तर पार्टीबाट कोही पनि सहभागी नभएको प्रधानमन्त्री दाहालको निजी सचिवालयले जनाएको छ । यसबारेमा छलफल गर्न राजपाको अध्यक्ष मण्डलको बैठक बिहीबार बस्दैछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।