पछिल्लो चरण विकसित राजनीतिक घटनाक्रमले निर्वाचन आयोग चिन्तित !

काठमाडौं, वैशाख १६ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले आयोग चिन्तित बनेको बताएका छन् ।

प्रमुख आयुक्त यादवले निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सम्पूर्ण कामहरु सम्पन्न गरिसकेको भएपनि विकसित राजनीतिक घटनाक्रमले आयोग चिन्तित भएको बताएका हुन् ।

निर्वाचन आयोगले शनिबार राजधानीमा आयोजना गरेको स्थानीय तह निर्वाचन पर्यवेक्षकसम्बन्धी राष्ट्रिय संघ–संस्थाहरुलाई अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त डा. यादवले स्थानीय तहको निर्वाचन राष्ट्रिय जिम्मेवारी भएकाले सबैपक्ष जिम्मेवाररुपले प्रस्तुत् हुनुपर्ने धारणा राखे ।

निर्वाचन पर्यवेक्षक निष्पक्ष नभए राजनीतिक वातावरण नै बिग्रने भन्दै प्रमुख आयुक्त यादवले चुनावमा निष्पक्ष र जिम्मेवार भएर काम गर्न निर्देशन दिए ।

प्रमुख आयुक्त यादवले विगतमा निर्वाचन पर्यवेक्षक संघ–संस्थाहरुमाथि निष्पक्ष नभएको आरोप लागेको स्मरण गर्दै निष्पक्षतामा विशेष ध्यान दिन आग्रह गरे । उनले पर्यवेक्षकसंस्थाहरुमाथि अनुगमन गर्न आयोगले तयारी गरिसकेकोसमेत बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।