हट नायिकाको छवी बनाएकी केकी अधिकारीको देखियो यस्तो नयाँ रुप (भिडियो सहित)

काठमाडौँ । गायक केशव भट्टको नयाँ गीत पिपलुको छायाँको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा पछिल्ले समयकी ब्यस्त अनि चर्चित मोडल तथा नायिका केकी अधिकारीको अभिनय रहेको छ ।

सुदुर पश्चिमको ठेट कला संस्कृतिको महत्वलाई नजिकबाट केलाएको भिडियोमा केकीलाई बिनोद न्यौपाने अभिनयमा साथ दिएका छन् । भिडियोले प्रेमील जोडीलाई सम्मान गर्दै उमेर पुगेका युवा युवतीले किशोरावस्थामा देखाउने हाउभाउ मार्फत प्रेम आर्कषण नभई सामिप्यता गाँस्ने एउटा माध्यम पनि हो भन्ने कुरालाई देखाउन खाजेको छ ।

जसमा पछिल्लो समयका ब्यस्त अनि चर्चित संगीतकार शब्द तथा संगीत रहेको छ । भिडियोलाई युवराज वाईवाले निर्देशन गरेका हुन् । पछिल्लो समय सांगीतिक यात्रालाई विशेष समय दिएर लागी परेका गायक भट्टको को फूल जस्तै कोमल माया बोलको गीतले यसअघि राम्रो चर्चा बटुलेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।