एमालेको संशोधन बिधेयक बिरुद्दको अडानसँग हार खायो कांग्रेस, भन्यो- “एमाले बिना अब संविधान संशोधनमा अघि बढ्न सकिन्न”

काठमाडौं, १७ बैशाख । नेपाली काँग्रेसले एमालेलाई पाखा लगाएर संसोधनमा अघि बढनु गल्ती भएको स्वीकारेको छ ।

नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सहमतिमा ल्याएर संविधान संशोधन प्रस्ताव पारित गर्न हरसम्भव प्रयास गर्ने भएको छ ।

पार्टी संसदीय दलको आइतबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले एमालेलाई समेत सहमतिमा ल्याएर संविधान संशोधन प्रस्ताव पारित गर्न अधिकतम पहल गर्ने निर्णय गरेको हो ।

बैठकले संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको एमालेलाई पनि सहमति ल्याएर संविधान संशोधन गर्न सबैभन्दा उत्तम विकल्प हुने निष्कर्ष कांग्रेसले निकालेको हो ।

सबै दललाई सहमतिमा लिएर संविधान संशोधन प्रस्ताव पारित गर्न अधिकतम पहल गर्ने निर्णय पनि काँग्रेसले गरेको छ । राजनितीक विश्लेषकहरुले एमालेबिना कांग्रेस अहिले संसोधनमा जान डराएको र एमाले बिना अघि बढ्न सकिदैन भन्ने महसुस गरेको बताएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।