श्रीमतिलाई मेयर बनाउन खोजेपछि माओवादी केन्द्रका कार्यकर्ता बिच बियरका बोतल हानाहान

मेयरको उम्मेदवारको विषयलाई लिएर माओवादी केन्द्रका नेता–कार्यकर्ताबिच वियरका बोतलले हानाहमान भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिकामा शुरुमै माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजन दाहालले आफ्नी श्रीमतीलाई मेयर बनाउन खोजेपछि यस्तो अवस्था सिर्जना भएको हो ।

पार्टीमा थुप्रै वरिष्ठ नेताहरु हुँदाहुँदै कनिष्ठ भएपनि आफ्नै श्रीमतीलाई गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाउन राजनले बालहठले गरेपछि विवाद भएको थियो । माओवादीले गत शनिबार गाउँपालिका सदरमुकाम रामटारमा उम्मेदवार घोषणा कार्यक्रम राखेको थियो ।

नेता कार्यकर्ताले कमल दाहाललाई मेयर बनाउनुपर्ने माग गरेपनि पार्टी अध्यक्ष समेत रहेका राजनले आफ्नी श्रीमतीलाई नै उम्मेदवार बनाउने निर्णय वैठकमै सुनाएका थिए । अपरान्ह नै उम्मेदवार घोषणा कार्यक्रम राखी जिल्लाभरको जिम्मेवारी बोक्नुपर्ने राजन सुनकोशीमै केन्द्रित भएका थिए । तर साँझसम्म पनि गाउँपालिकका सबै उम्मेदवार आएनन् ।

उपाध्यक्षका उम्मेदवार भनी व्यापक प्रचार गरिएका कमल कार्यक्रममा नै नआउने मानसिकतामा सदरमुकाम सिन्धुलीगढीमै बसेका थिए । सासंद हरिबोल गजुरेलले जे भएपनि कार्यक्रममा गइदिनुस् भनेपछि उनी अबेर रामटारमा पुगेका थिए । आधारातसम्म उम्मेदवार घोषणाकै बारेमा भएको छलफलमा वियरको बोतलले हानाहान समेत भएको एक सहभागिले बताए । – सुचनाकेन्द्रबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।