नेकपा एमालेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रम (हेर्नुहोस् प्रत्यक्ष प्रसारण भिडियो)

काठमाण्डौ, वैशाख १८ । आफू सरकारमा गएपछि पुराना प्रतिबद्धता बिर्सने राजनीतिक संस्कार विद्यमान रहे पनि स्थानीय तहको चुनावअघि मिठा सपनासहितका घोषणापत्र सार्वजनिक भइरहेका छन् ।

कांग्रेस र राप्रपाले तिनै ठूला सपनालाई लिपिबद्ध गरेर सार्वजनिक गरेको केही दिनपछि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले घोषणापत्रमा ०५१ सालको मनमोहन अधिकारी र २०७२ सालको केपी ओली सरकारले ल्याएका अधिकांश कार्यक्रमलाई पुन: निरन्तरता दिएको छ । ओली सरकारका कतिपय महत्त्वाकांक्षी योजनालाई पार्टीले पुन: अघि सारेको छ ।

घोषणापत्रमा मनमोहन सरकारका ‘आफनो गाउँ आफै बनाऔं’, ‘९ स को अभियान’ र ‘सामाजिक सुरक्षा भत्ता’ लगायतका कार्यक्रमलाई अझै प्रभावकारी बनाउने र ओलीले ल्याएका आत्मनिर्भर अर्थतन्त्र र महत्त्वाकांक्षी बिकासे नारालाई पुन: राखेको छ ।

नेकपा एमालेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रमको प्रत्यक्ष प्रसारण भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस् >>>



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।