केन्द्रबाट हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै कांग्रेस सभापति देउवाको पुतला दहन

जुम्ला: नेपाली कांग्रेस जुम्लाका कार्यकर्ताले सभापति शेरबहादुर देउवाको पुतला जलाएका छन् । चन्दननाथ नगरपालिकाको मेयर पदका लागि केन्द्रबाट हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै असन्तुष्ट पक्षले जुम्ला बजारमा विरोधसहित पुतला जलाएका हुन् ।

कार्यकर्ताले समग्र नेपाली कांग्रेस जुम्लाले चयन गरेका व्यत्तिलाई टिकट नदिएर केन्द्रबाट हस्तक्षेप गरी कान्तिका सेजुवाललाई नगरपालिकाको मेयर पदको टिकट दिएको भन्दै असन्तुष्टी जनाएका छन् । पार्टीले सेजुवाललाई टिकट दिएपनि अर्को पक्षले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरीरहेको छ । पूर्व जिल्ला सभापति मानव सेजुवालकी पत्नी कान्तिका सेजुवालले चन्दननाथ नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरिसक्नु भएको छ ।

नेतृत्वले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी चयनमा हस्तक्षेप गरेको भन्दै जुम्ला बजारमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले विरोध जनाएका छन् । नगरपालिका र गाउंपालिकाको प्रुमख र उप प्रमुखको टिकट वितरणमा केन्द्रले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका हुन ।

जिल्ला कार्यसमितिलाई दिइएको अधिकार अनुसार जिल्ला कार्यसमितिले नगर प्रमुखमा राजुसिंह कठायतलाई बहुमतीय प्रणालिबाट सिफारिस गरेपनि केन्द्रबाट मंगलबार विहान मात्रै कान्तिका सेजुवाललाई टिकट दिएपछि विरोध शुरु भएको हो ।

जिल्ला कार्यसमितिलाई दिइएको अधिकार केन्द्रले हस्तक्षेप गरेको भन्दै नगरपालिकाभित्र कांगे्रसले उम्मेदवारी दर्ता नगराउने वताएको छ । कार्यकताहरुले संसद ललितजंग शाही र जिल्ला कार्यसमितिका पदाधिकारीहरुको राजीनामा माग गरेका छन् । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता सुरु भएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖