निधिको मोबाइल स्विच अफ भए पछि पनि जब देउवाले हेल्लो…हेल्लो… भनिरहे ! मेरो नाम छैन है ! देउवाको धम्की ! विचरा पौडेल !
काठमाडौं, १९ बैशाख । हेल्लो हेल्लो… उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले अचानक राजीनामा दिएपछि हाइसञ्चो मानेका पार्टी सभापति शेरबहादुर देउवाले पटक–पटक सम्पर्क गर्न खोज्दा पनि निधि सम्पर्कमा आउन चाहेनन् ।
तै पनि फोन उठाईहाल्छन् कि भनेर आइतबार बेलुकी देउवाले आफ्ना पीए भानुलाई निधिसँग फोन सम्पर्क गर्न भने । टेन्सनमा भएको निधिले भानुको नम्बर देख्नासाथ फोन उठाए । भानुले भने–सभापतिज्यूले एक पटक कुरा गर्ने भन्नुभएको छ । निधिले सोधे के कुरा हो ?
भानुले आफ्नो मोबाइल देउवालाई दिँदा निधिसँग सम्पर्क भयो भने । यता निधिले देउवासँग कुरा गर्नुपर्ला भनेर मोबाइल स्वीच अफ गरिदिए । उता देउवाले हेल्लो…हेल्लो…भनिरहे । निधिका मोबाइल स्विच अफ भए पनि देउवाले हेल्लो…हेल्लो… भनेको सुनेर भानु पेट मिचीमिची हाँस्न थाले ।
मेरो नाम छैन है !
सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियाग प्रस्तावमा कांग्रेसका कति जना सांसदले सही गरेका छन् भन्ने कुरो ती सांसदलाई पनि थाहा छैन भन्ने कुरा उनीहरुको वक्तव्यबाट स्पष्ट भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले महाअभियोग प्रस्तावका लागि संकलन गरेको १८९ कांग्रेसका सांसदहरुको नाममा आफूले हस्ताक्षर नै नगरेको भेटिएपछि सांसद राधेश्याम अधिकारीले आफूले महाअभियोग पत्रमा हस्ताक्षर नगरेको बताएका छन् । हस्ताक्षर नै नभएको महाअभियोग प्रस्तावमा पार्टी सभापति देउवाले कीर्ते हस्ताक्षर गरेको कुरा थाहा पाएपछि सुजाता कोइराला पनि आगो भा’छिन् रे ? कसो ऋषि धमला ?
विचरा पौडेल !
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले त एक वर्षअघिदेखि नै पार्टी सभापति शेरबहादुर देउवाको तानाशाही कदमको विरुद्ध कुरा उठाउँदै आएका छन् । तर, जति विरोध गरे पनि देउवाले पौडेलको कुरो एक कानले सुन्ने अर्को कानले उठाउँदै आएका छन् । यहाँसम्म त ठिके थियो ।
तर पार्टी निर्णयबिना नै देउवाले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउँलान् भन्ने कुरो पौडेलले कल्पनासम्म गरेका थिएनन् । आइतबार प्रस्ताव दर्ता गराउनु एक घण्टा अगाडि मात्रै पौडेललाई देउवाले महाअभियोगबारे जानकारी गराएपटि पौडेलले भन्दै थिए–मुर्खदेखि दैव डराउनु भनेको यही हो ।
देउवाको धम्की !
प्रधान महानिरीक्षक नियुक्ति प्रकरणमा सर्वोच्च अदालतको आदेशविरुद्ध पार्टी सभापति शेरबहादुर देउवाले ‘माइन्यूट’ गरेका छन् । अदालतको आदेशविरुद्ध ‘माइन्यूट’ गर्न पाइन्न भन्ने सामान्य जानकारी पनि कांग्रेसका सभापतिलाई रहेनछ भन्ने कुरा यस घटनाबाट पुष्टि भयो ।
त्यसविरुद्ध कसैले सर्वोच्चमा मुद्दा हालेपटि प्रधानन्यायाधीश सुशीला कार्कीले देउवाविरुद्ध जरिवाना ठोक्छन् भन्ने अनुमान त थियो नै । पछि देउवा आफैंले कार्कीलाई फोन गरेर महाअभियोगको धम्की दिन थालेपछि कार्की पनिके कम, उनले देउवालाई ठाडै कारबाही गर्छु भनेपछि गोपाल पराजुलीको तालुमा आलु फल्यो ।
– न्युजअभियानबाट ।


