डीआइजी नवराज सिलवाललाई फसाउन प्रहरी प्रमुख देखि ल्याबका अधिकारी समेतको मिलेमतो

काठमाडौं । कार्यसम्पादन मुल्यांकन फाइल किर्ते गरेको अभियोगमा प्रहरी प्रधान कार्यालयले डीआइजी नवराज सिलवालमाथि अनुसन्धान गरिरहेको छ । प्रहरी प्रधान कार्यालयद्वारा गठित छानबिन समितिले सर्वोच्चमा डिआइजी सिलवालले पेश गरेको कार्यसम्पादन मुल्यांकन फाइल किर्ते भएको निष्कर्ष निकाल्दै उनीमाथि कारबाही प्रक्रिया अघि बढाउन हेडक्वाटरलाई भनिसकेको छ ।

तर सर्वोच्च अदालतले आइजीपी सम्बन्धी मुद्दा विचाराधीन भएको मुद्दाको टुंगो नलागेसम्म सिलवालमाथि कारबाही नगर्न आदेश सुनाएको छ ।

प्रहरी प्रधान कार्यालयले सिलवालले किर्ते गरेको आरोप लगाएपनि मुलुकी ऐन अनुसार भने सिलवालले किर्ते गरेको ठहर्दैन । हस्ताक्षर वा औंलाको ल्याप्चे सही निशाना र छाप इत्यादि झुटा बनाइ गरी वा ऐन बमोजिम झुटा रितपूर्वकको सहिछाप भइरहेको अर्के सच्चा लिखतमा लेखिएको व्यहोरा कुनै तरकीवसँग उडाए अर्कै मतलव निस्कने व्यहोरा लेखे मुलुकी ऐनले त्यसलाई किर्ते गरेको ठहर्छ ।

सक्कली कागजात कुनै तरिकाबाट आफ्नो पक्षमा पारेर सोही कागजमा केरमेट गरे त्यसलाइ किर्ते मानिन्छ । आफूले अदालतमा बुझाएको फाइल फोटोकपी भएको सिलवालले बताउँदै आएका छन् । उनले संचारमाध्यममा आएको डकुमेन्ट फोटोकपी गरेर बुझाएको बताएका छन् ।

त्यस्तै एउटा कामलाई भनी सहिछाप गरेको लिफा कागज वा छाप दिएकोमा सो काममा नलगाई अर्र्कै व्यहोराको लिखतमा लगाई वा अर्के व्यहोराको लिखत लेख्ने इत्यादि काम गरेकोमा अर्काको जिउ, धन वा हक जाने नोक्सान हुने, अरुलाई फाइदा हुने काम गरेको भएपनि कानुनले किर्ते गरेको भन्छ । किर्ते गर्ने गराउने र जानी बुझी किर्ते कागजमा साक्षी बस्नेलाई पनि कारबाही हुने मुलुकी ऐनमा उल्लेख छ । सिलवालले सर्वोच्चमा पेश गरेको फाइल फोटोकपी भएपनि फोरेन्सिक ल्यावले भने त्यसलाई कहाँ कहाँ केरमेट गरेको भनेर प्रहरी प्रधान कार्यालयलाई आफ्नो रिपोर्ट बुझाइसकेको छ ।

फोरेन्सिक ल्यावमा फोटोकपी गरेको कागजात परीक्षण गर्न नसकिने विज्ञहरुले बताएका छन् । त्यसका लागि सक्कली कागजात नै हुनुपर्ने उनीहरुको तर्क छ ।

प्रहरीले गत असार ६ गते फोरेन्सिक ल्यावमा बैंकिङ कसुर अभियोगमा पक्राउ परेका बद्रीराज सुवेदीबाट प्राप्त पत्र बुझाउँदै प्रतिवेदन मागेको थियो । प्रहरीले त्यसमा कृषि विकास बैंक लगनखेलका कर्मचारी प्रमोद थापाको हस्ताक्षर रहेको कागजात किर्ते हो कि होइन भन्दै सुवेदीबाट बरामद भएको फोटोकपी साथमा राखेर पठाएको थियो ।

तर ल्यावले परीक्षणका लागि फोटोकपी नभई सक्कली कागजात चाहिने भन्दै पत्र फिर्ता पठाइदिएको थियो । यसरी सिलवालले अदालतमा पेश गरेको फोटोकपी कसरी परीक्षण भयो र कसरी किर्ते भएको ठहरिन्छ भन्दै सिलवालका वकिलले प्रश्न गरेका छन् । उनीहरुले प्रहरी संगठन नै सिलवालका विरुद्धका लागेको भन्दै अदालतबाट त्यस विषयमा न्याय पाउनेमा आफूहरु आशावादी रहेको बताएका छन् । – दृष्टी अनलाइनबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।