भरतपुरमा एमालेको घरदैलो कार्यक्रम, एमालेको पक्षमा उर्लियो जनसागर
धनकुटा खबर / १९ बैशाख, चितवन । नेकपा एमालेले यही बैशाख ३१ गते हुने चुनावलाई लक्षित गरी भरतपुर महा नगरपालिका भित्र घरदैलो, मोटरसाईकल र्याली, मतदाता भेटघाट तथा कोणसभालाई निरन्तरता दिएको छ । नेकपा एमाले महा नगर कमिटी तथा वडा कमिटीको आयोजनामा विभिन्न वडामा कार्यक्रमहरु भईरहेको नेकपा एमाले भरतपुरले जनाएकाे छ ।

यसैक्रममा भरतपुर ११ मा चलिरहेकाे एमालेकाे घरदैलाे कार्यक्रममा स्थानियकाे उपस्थिति बढ्दाे क्रममा रहेकाे छ । दैनिक रुपमा विभिन्न टाेलमा भईरहेकाे घरदैलोमा ५०० भन्दा बढि सर्बसाधारणकाे उपस्थिति हुने गरेकाे छ ।

चुनाब प्रचार प्रसार मा दिनरात खटेका युवा नेता ऋषि रेग्मिका अनुसार भरतपुर महानगर नै एमालेमय भईरहेकाे अवस्थामा एमालेबाट वडा अध्यक्षका उम्मेदवार समाजसेवि र बिकास प्रेमि नेता बाबुराम अधिकारिले अन्य पार्टिका कार्यकर्ताकाे पनि मत तान्न सक्ने भएकाले भरतपुर ११ मा जित सुनिश्चित भएकाे बताएका छन ।


