डोल्पामा एमालेका दुई गाउँपालिका अध्यक्ष सहित २१ वडाध्यक्ष निर्विरोध

डोल्पा । डोल्पाका २ गाउँपालिका एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन ।

से फोक्सुन्डो गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष , वडाअध्यक्ष र सदस्यहरु निर्विरोध निर्वाचित हुनु भएको हो । सो गाउँपालिकामा नौ वटा वडा रहेका छन् । त्यसै गरी डोल्पो बुद्ध गाउँपालिकामा एमालेका लंकवहादुर रोकाय पनि निर्विरोध हुनु भएको हो । विभिन्न गाउँपालिकाका ६५ वडा वडामध्ये २१ वडामा एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।

से फोक्सुन्डो गाउँपालिकाको प्रमुखमा टसी टुन्डुप गुरुङ निर्विरोध निर्वाचित हुनु भएको हो । से फोक्सुन्डो गाउँपालिकामा एमालेका अध्यक्ष गुरुङसहित ९ वडाध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको ओ।

डोल्पोबुद्ध गाउँपालिकामा ५ वडाध्यक्ष निर्विरोध हुनुभएको छ । छार्का ताङसोङ गाउँपालिकामा ५ वडाध्यक्ष र काइते गाउँपालिकामा २ वडाध्यक्ष निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

मंगलबार भएको मनोनयन दर्ताको दिन नै एमालेका उम्मेदवारहरु निर्विरोध निर्वा्चित भएका जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारी दिएको छ । – रातोसूर्य



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।