अपहरणमा परेका उम्मेदवार ९ घण्टापछि अपहरण मुक्त, कस्ले गर्यो अपहरण ?

काठमाडौं । स्थानीय तह निर्वाचनमा बेनी नगरपालिका ३ भकिम्लीमा कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार क्याप्टेन जसबहादुर पुन नौ घन्टापछि अपहरणमुक्त भएका छन् । उनलाई बरन्जाबाट अपहरणमुक्त गरिएको हो ।

सोमबार साढे ११ बजेबाट भकिम्लीबाट जिल्ला सदरमुकाम बेनी आउँदै गर्दा बाटोबाटै उनी अपहरणमा परेका थिए । दिउँसो साढे २ बजे पुनले पार्टी सचिव हरिकुमार श्रेष्ठलाई आफू अपहरणमा परेको र वैशाख ३१ गतेसम्म रिहाइ नगर्ने बताएका जानकारी गराएका थिए ।

कांग्रेसका पदाधिकारी र परिवारजनले अपहरणबारे सुरक्षा निकायलाई खबर गरेपछि सोमबार तीन बजे नै जनपद र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो ।

कसले र किन अपहरण गरेको हो भन्ने विषयमा सुरक्षा निकायले नखुलाए पनि कांग्रेसले भने विज्ञप्ति जारी गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले अपहरण गरेको दावी गरेको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।