काँग्रेसका बागी उम्मेदवार स्वतः निलम्बन हुने

काठमाडौँ, २० वैशाख । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गर्ने पार्टीका सदस्यले उम्मेदवारी फिर्ता नलिए स्वतः निलम्बन हुने जनाएको छ ।

बागी उम्मेदवारलाई निर्वाचन आयोगद्वारा तोकिएको मिति यही वैशाख २१ गते निर्धारित समयभित्र उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

तोकिएको समयसीमाभित्र उम्मेदवारी फिर्ता नलिए त्यस्ता बागी उम्मेदवार, निजको प्रस्तावक र समर्थक काँग्रेसको विधानअनुसार पार्टीबाट स्वतः निस्कासित हुने उहाँले बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।