काठमाडौँ महानगरमा १६२ पदका लागि ८८७ जनाको उम्मेदवारी

काठमाडौँ, २० वैशाख । काठमाडौँ महानगरपालिकाको १६२ पदका लागि ८८७ जनाको उम्मेदवारी परेको छ ।

वैशाख ३१ गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि मङ्गलबार रातिसम्म चलेको उम्मेदवारी दर्ताका क्रममा १६२ पदका लागि ८८७ जनाको उम्मेदवारी परेको हो ।

मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले प्रमुखमा २८, उपप्रमुखमा १३ र विभिन्न वडाका अध्यक्ष र सदस्यमा ८४६ जनाको उम्मेदवारी परेको जानकारी दिनुभयो ।

प्रमुख पदमा १२ जनाले राजनीतिक दलबाट उम्मेदवारी दर्ता गराएका छन् भने १६ जना स्वतन्त्र उम्मेदवार छन् । उपप्रमुखमा राजनीतिक दलबाट सात जनाको उम्मेदवारी परेको छ भने छ जना स्वतन्त्र उम्मेदवार छन् ।

काठमाडौँ महानगरपालिकाका ३२ वडामा ३४० मतदान केन्द्र राखिएका छन् र यहाँ दुई लाख ७१ हजार २२१ मतदाता रहेका छन् । काठमाडौँ महानगरपालिकाका ३२ वडाबाट पाँच÷पाँच जनाका दरले १६० चुनिने छन् । प्रमुख र उपप्रमुख गरी १६२ पदमा प्रतिस्पर्धा हुनेछ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।