राष्ट्रिय प्रजातन्त्र पार्टीको रडाकोमा पूर्व राजालाई लतार्दै !
काठमाण्डौ, २० वैशाख। सरकारले पेस गरेको संविधान संशोधन विधेयकले राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवादमात्र देखिएको छैन् फुटको संघार बढ्दै गएको छ ।
अध्यक्ष कमल थापा ठूलो विपत्तिमा फसे एक नेता भन्छन् ,मधेसी मोर्चाले चाहेजस्तो संविधान संशोधनमा समर्थन गर्छु भन्दै मन्त्रिमण्डलमा पस्न सफल भएका थापालाई पार्टी भित्रकाले त लखेटे लखेटे बाहिरकाले समेत लघार्ने भएका छन् ।
उनी पार्टी भित्र र बाहिर दुवैतिरबाट आपत्मा परेका छन् । राजनीतिक रुपमा ठुलै लाभ हात पार्दै आएका थापाले पुर्व राजालाई समेत विवादमा पार्ने काम भइरहेकोमा आम नागरिकको समेत चासो ह्वात्तै बढेको छ ।
राप्रपाका प्रभावशाली सांसद् र केन्द्रीय सदस्यहरु पार्टी संस्थापनको लाइन भन्दा बाहिर गएर छुट्टै छलफलमा जुटेपछि पार्टीमा आएको हंगामा यतिबेला उत्सर्ग तिर पुगेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १५ भन्दा बढि सांसद्हरु छुट्टिएर नेता प्रकाश लोहनी र केशरबहादुर विष्टले नेतृत्व गरेको एकीकृत राप्रपा राष्ट्रवादीलाई साथ दिने तयारी भइरहेको समाचार स्रोतले बताएको छ ।
थापाले पार्टी सहित राष्ट्रलाई घात गर्दै व्यक्तिगत रुपमा लिएको नयाँ बाटोमा हिँड्न नमान्नेहरुको पंक्तिमा रहेका दर्जनभन्दा बढि राप्रपाका सांसदहरु थापासँग टाढिएका हुन् । अरु त अरु नै भए, सांसदहरुनै खनिए पछि सत्ता पनि छाडेर एमालेसँग कुम जोड्दै राप्रपामा गजवको राजनीति संस्कार मौलाएको छ ।
२०७४ वैशाख १७ गते आइतबार थापाले आफ्ना सांसदहरुको बैठक राखेका थिए । सो बैठकसँगै धेरै सांसद राप्रपाबाट टाढिए आज पनि झण्डै १५ सांसदले थापालाई साथ दिएका छैनन् ।
समाचार स्रोतका अनुसार रामकुमार सुब्बा ,रेशम लामा,राज्यलक्ष्मी देवी श्रेष्ठ, विराज विष्ट,सीता लुइटेल,बबिना मोक्तान लावती, राजेश्वरी शाह, कमला शर्मा, रमेश लामा,शान्ता भट्टराई,सयन्द्र वान्तवा,भक्त खपाङी,गिता सिंह लगायत १५ जना सभाषद्ले थापा नेतृत्वलाई बाईबाई गरि एकीकृत राप्रपा राष्ट्रवादीलाई पछ्याएका छन् ।
राप्रपामा नै विवाद हुँदै छुट्टै भेला भएसँगै संशोधन विधेयक संकटमा पर्ने देखिएको छ । ३७ सिट रहेको राप्रपामा १५ सांसदले भोट क्रस गरेको अवस्थामा संशोधन प्रस्ताव संकटमा पर्ने प्रस्टै रहेको छ । राप्रपाको विवादले संशोधन प्रस्ताव विफल हुने खतरा बढेपछि राजनीतिक वृतमा खैलाबैला मच्चिएको छ ।
राजतन्त्र पुनरस्थापनाको माग अलिकलि गरेर छाड्दै हिन्दू राज्यको माग मात्र समातेर बसिरहेका थापाको रहस्यमय चरित्रका कारण आजित भएका भनिएका पूर्व राजा ज्ञानेन्द्र शाह यतिबेला छक्क परेको बुझिएको छ ।
राजतन्त्र पुनरस्थापनाको मुद्दा त्याग्दै लम्पसार पथमा अग्रसर हुँदा पार्टी भित्रबाट ठूलै खतरा आइ लाग्ने भेउ पाएर २०७४ बैशाख १४ गते थापा पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेटे । निकै हारगुहार गरेर भेट त पाए तर हात लाग्यो सुन्य भयो निर्मल निवास निकट स्रोत भन्छ ।
संविधान संशोधनको पक्षमा उभिएमा थापालाई केन्द्रिय समिति र संसदीय दल दुवैतिर अल्पमतमा पार्ने प्रयास गरिरहेको समयमा चालिस प्रतिशत सांसद मिलेर पार्टी फुटाउने सम्मको प्रयास भइरहेको छ । पुर्व राजा ज्ञानेन्द्रले प्रष्टै शब्दमा थापालाई भनिदिए,राजतन्त्र कुनै एउटा पार्टीको एजेण्डा हुन सक्दैन् ।
राजतन्त्र पुर्नस्थापनाको मुद्दा छाड्दै गएकोतिर पनि संकेत गरे उनी अलमलमा परे । थापाले पार्टीलाई अब राजतन्त्र पुनरस्थापनाको पक्षमा लैजाने बताउँदै गर्दा पुर्व राजाले खुट्टि हेर्दै चाल पाए भनेपछि विश्वसनीय आधारनै पेश गर्न सकेनन् उनी लुरुक्क बाहिरिए स्रोतले भन्यो ।
यता राप्रपाको रडाकोमा पुर्व राजालाई जोड्ने प्रयास सम्बन्धमा पुर्व राजाका सचिव डा फणी पाठकले गम्भिर असहमति जनाएका छन् । जनतालाई सर्वोपरि मानेर बसेका पुर्व राजा ज्ञानेन्द्रलाई यसरी पार्टीको आन्तरिक किचलोमा वाझिटाले हान्नु राम्रो होइन ।
उँहाहरु राप्रपाको आन्तरिक मामिलामा पुर्व राजा र मेरो नाम समेत जोडिएर केहि सञ्चार माध्यममा समाचारहरु सुन्दा पढ्दा आफुलाई दुख लागेको बताएका छन् ।
उता, अध्यक्ष थापाले एजेण्डा मासेको तथा स्वार्थका लागि पार्टी प्रयोग गरेको आरोप पार्टी भित्रका विपक्षीहरुले लगाउँदै आएका छन् ।
एक सांसद्का अनुसार राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा बोकेर थापाले करोडौं कमाए तर पुर्व राजा ज्ञानेन्द्रलाई भेटेर अब राजसंस्था बोक्न नसक्ने बताएपछि उनी बिरुद्ध एक हुन बाध्य भएको बताए ।
उनीहरु छुट्टै छलफलमा जुटेको र एजेण्डा स्थापित गर्नका लागि लागिपर्ने तयारीका साथ लागेको पनि बताए । त्यसको नेतृत्व लोहनी र विष्टले संयूक्तरुपमा गरेको स्रोत बताउँछ । – न्यूजअभियानबाट ।


