थाहापाई राख्नुहोस्, यी दुई राशिका जोडी कहिल्यै छुट्टिँदैनन्

मानिसहरू आफ्नो पार्टनरसँग प्रेम बढाउन र उनीहरूको आफूप्रतिको प्रेम जाँच्न अनेक तरिका अपनाउँछन् । तपाईंलाई पनि यस्तो तरिका जान्न मन छ भने राशि चक्र प्रेम जाँच्ने सबभन्दा राम्रो तरिका हो । राशिको संकेतबाट तपाईं आफ्नो पार्टनरले सधैं प्रेम गर्छ कि गर्दैन, थाहा पाउन सक्नुहुन्छ ।

सिंह र तुला
सिंह राशि भएका मानिस अभिमानी र कहिल्यै हार नमान्ने खालका हुन्छन् । तर तुला राशि भएका पार्टनरसँग उनीहरू आफूलाई अलग महसूस गर्छन् । तुला राशि भएका मानिसको पार्टनर सिंह राशिको हो भने उनीहरूले राम्रो साथी र रक्षक प्राप्त गर्छन् । यसका साथै आफ्ना आवश्यकताहरूलाई समेत बिर्सेर उनीहरू पार्टनरलाई प्रेम र सहयोग गर्छन् ।

कन्या र कुम्भ
यी दुई राशि भएका पार्टनर एकअर्काभन्दा फरक हुन्छन् । कन्या राशिका मानिस आफ्नो पार्टनरबाट जेपनि दुईगुणा पाइने अपेक्षा राख्छन् भने कुम्भ राशि भएका मानिसले रहस्यलाई सम्हालिराख्नमा विश्वास गर्छन् । तर यसको बाबजुद उनीहरू परफेक्ट पार्टनर हुन् । फरक स्वभाव भएपनि उनीहरूको प्रेम मजबुत हुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।