धनकुटाकी माताले फोन गरेर झलनाथ खनाललाई भनिन्,- ठूलै पदमा बसेका नेताको हत्या हुनसक्छ, देशमा रगतको खोलो बग्दैछ
काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लाग्नु केही घण्टापहिले एमाले वरिष्ठ नेता झलनाथ खनालको मोबाइल बज्यो। फोन थियो, केही सफल भविष्यवाणी गरेर चर्चामा आएकी माताको। भनिन्, ‘म १०-१२ दिनदेखि राम्रो सपना देखिरहेकी छैन।’ माता हुन्, धनकुटा, ताङ्खुवा स्थायी घर भई काठमाडौं सीतापाइला बस्दै आएकी सविता आचार्य (सरु) को ।
‘त्यस्तो के देख्नुभयो त ?’ झलनाथले सोधे । उनले भनिन्, ‘नेताको बीचमा धेरै नराम्रो खटपट पर्दै छ। त्यसपछि मारपिट पनि हुन्छ।’ झलनाथले पत्याएनन । ‘होइन होला’ भन्दै कुरा टुंग्याए। तर, केही समयमै प्रधानन्यायाधीस सुशीला कार्कीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएसंगै उनी पदबाट स्वतः निलम्बनमा परिन्। यसपछि बल्ल झलनाथ झस्किए।
सायद, अघि भएको कुराकानी सम्झेर हुनुपर्छ, आफैँले माता सवितालाई फोन गरेर भने, ‘तपाईँले त कुरा मिलाउनुभयो त ’ सविताले अघि भन्न छुटाएका कुरा सुनाउन थालिन्। मलेखुका एमाले राजकुमार त्रिपाठीको सीतापाइलास्थित घरमा डेरा बस्ने यी माताले सपनामा गोली चलेको, मान्छेहरु रगतपच्छे भएर ढलेको, म्यादी प्रहरीले ती ढलेका मान्छे बोक्दै एकातिर लगेकोजस्ता दृश्य अझै देखिरहेकि छन्। यस्तो कुरा राजकुमारलाई पनि सुनाइन्। उनले पत्याएनन् ।


