काठमाडौमा गुण्डा धमाधम प्रकाउ !

काठमाडौं, केही दिनयता नेपाल प्रहरीले विशेष अप्रेसन नै चलाई गुन्डाहरुलाई पक्राउ गर्न थालेको छ । बुधबार मात्र चक्रपथ क्षेत्रमा गन्डागर्दीमा सक्रिय तेजेन्द्र गुरुङ पक्राउ परेका छन् ।

उनी गुन्डा नाइके चक्रे मिलनका भाइ हुन् । महानगरीय प्रहरी परिसरले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, अपराध महाशाखाले ललितपुरबाट निरु लामा र नीरज महर्जन ‘छुचुन्द्रो’लाई पक्राउ गरेको छ । महाराजगन्जका राकेश महर्जन पनि बुधबार पक्राउ परेका छन् ।

मंगलबार प्रहरीले ललितपुरकै राजु बोगटी र पनित गुरुङलाई पक्राउ गरिसकेको छ । महाशाखाले मंगलबार नै भक्तपुरमा गुन्डागर्दीमा संलग्न रामेश्वर गौतम र श्याम मोक्तानलाई पनि पक्राउ गरेको छ । उनीहरु अपहरण मुद्दामा पक्राउ परी छुटेका व्यक्ति हुन् ।

पछिल्लो एक महिनायता राजधानीमा सक्रिय गुन्डागर्दीमा संलग्न समूहविरुद्ध प्रहरीले अप्रेसन चलाइरहेको छ । तर, पक्राउ गरिएकाहरु २–४ दिनमै छुट्ने गरेको पनि छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।