एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ निर्वाचन आयोगको प्राङ्गनमा उभिएर यसो भने… (भिडियो सहित)
काठमाडौँ । स्थानीय तहको निर्वाचन पूर्व संविधान संशोधनको प्रस्ताव अघि नबढ्ने नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले बताउनु भएको छ ।
स्थानीय तहको निर्वाचनका सन्दर्भमा नेकपा (एमाले) प्रचार विभागले आयोजना गरेको प्रेस व्रिफिङ कार्यक्रमा नेम्वाङले बिहीबारको संसद् बैठकको कार्यसूचीमा संविधान संशोधनको बुँदा नै नराखिनुले पनि सत्ता पक्षले संविधान संशोधनको विषयलाई प्राथमिकतामा राख्न नचाहेको बताउनु भयो ।
सत्ता पक्षले संविधान संशोधनको प्रस्ताव फेल हुने डरले छलफलमा नै ल्याउन नचाहाएका कारण पनि यसको औचित्य नरहेको उहाँको भनाई छ ।


