जम्मा ४९ हजार ७१ उम्मेदवारको मनोनयनपत्र दर्ता

काठमाडौँ, २२ वैशाख । यही वैशाख ३१ गते प्रदेश नं– ३, ४ र ६ मा हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि जम्मा ४९ हजार ७१ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

तीनवटा प्रदेशअन्तर्गत ३४ जिल्लाका २८३ स्थानीय तहमा हुने निर्वाचनका लागि वैशाख १९ गते उम्मेदवारी मनोनयन दर्ता भएको थियो । जसमध्ये नगर प्रमुख÷गाउँपालिका अध्यक्ष पदमा एक हजार ९२५ र नगर उपप्रमुख÷उपाध्यक्ष पदमा एक हजार ४२९ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै वडा अध्यक्ष पदमा १० हजार ८४१, वडा सदस्य (खुला) मा १८ हजार ३७१, महिला सदस्य पदमा नौ हजार ३३ र दलित महिला सदस्य पदमा सात हजार ४७२ जनाले उम्मेदवारी दर्ता गरेको आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

यस निर्वाचनमा उक्त तीनवटै प्रदेशमा गरी चारवटा महानगरपालिका, एक उपमहानगर, ९२ वटा नगरपालिकाका प्रमुख, उपप्रमुख तथा १८६ वटा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दता भएको हो ।

त्यस्तै निर्वाचनमा महानगरका १२३, उपमहानगरका १९, नगरपालिकाका एक हजार ९१ र गाउँपालिकाका एक हजार ३६५ गरी जम्मा दुई हजार ५९८ वडाध्यक्षका लागि मनोनयन दर्ता भएको थियो ।

साथै कुल दुई हजार ५९८ वडाका लागि चार सदस्यका दरले जम्मा १० हजार ३९२ वडा सदस्य पदका लागि मनोनयन भएको हो ।

प्रदेश नम्बर– ३, ४ र ६ का ३४ जिल्लाको २८३ स्थानीय तहका लागि हुने निर्वाचनमा कुल ४९ लाख ५६ हजार ९२५ मतदाता रहेका छन् भने निर्वाचन प्रयोजनका लागि छ हजार ६४२ मतदान केन्द्रमा मतदान हुनेछ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।