ओली समक्ष प्रधानमन्त्री प्रचण्डको नयाँ वैकल्पिक प्रस्ताव, ओली सहमत

काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको दोस्रो चरणको निर्वाचन बजेट भन्दा अघि नै गर्नेगरि आन्तरिक गृहकार्य सुरु गरेका छन् । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

यद्धपी सरकारले यसअघि जेठ ३१ गतेको लागि दोस्रो चरणको निर्वाचन घोषणा गरिसकेको थियो । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी गठबन्धनले बजेटपछि निर्वाचन गर्न नहुने भन्दै सरकार र निर्वाचन आयोगको ध्यानाकार्षण गराएको थियो ।

उता पहिलो चरणको निर्वाचन अगाडि संविधान संशोधन गर्ने सरकार प्रतिबद्धता पूरा नहुने भएको छ। सरकारले पहिलो चरणको निर्वाचन अगाडि संविधान संशोधन नहुने मधेसी मोर्चालाई जानकारी गराएको छ। नवगठित राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुपनि जेठ १२ गतेको लागि प्रधानमन्त्रीले तय गरेको निर्वाचनमा सहमति जनाएका छन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवपनि प्रधानमन्त्रीको यो प्रस्तावमा भित्री रुपमा सहमत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुलाई पहिलो चरणको निर्वाचन अगाडि संविधान संशोधन गर्न नसकिने जानकारी गराएका हुन्। प्रधानमन्त्री दाहालले तत्काल संशोधन प्रक्रिया अगाडि बढाउँदा दुई तिहाइ बहुमत पुर्याउन नसकिने भन्दै पहिलो चरणको निर्वाचनपछि संशोधन प्रक्रिया अगाडि बढाउने जानकारी गराएको उनी निकट एक नेताले बताए ।

यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले भने पहिलो चरणको निर्वाचनमा नै भाग लिएको छ भने ६ वटा मधेस केन्द्रित दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले भने संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने भन्दै पहिलो चरणको निर्वाचनमा भाग लिएको छैन। तर राजपाले दोस्रो चरणको निर्वाचनमा भाग लिने भन्दै तराईमा प्रचास प्रासर सुरु गरेको छ।

सरकारले बजेट ल्याउनुभन्दा अघि नै जेठ १०, ११ वा १२ गते मध्ये जुन दिन दोस्रो चरणको निर्वाचन गरेपनि मान्य हुने प्रतिक्रिया एमाले शीर्ष नेताहरुले प्रधानमन्त्री दाहाललाई ग्रिन सिग्नल दिएका छन् । त्यस्तै उता मोर्चाले पनि सहमति जनाउने भएको छ । – लाईटनेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।