यीनै हुन् चीनबाट पेट्रोल ल्याउन नदिने तीन मन्त्रीहरु…

दक्षिण छिमेकी भारतले नाकाबन्दी गरेपछि विकल्पका रुपमा उत्तर छिमेकी चीनबाट पेट्रोलियम पदार्थ ल्याउने प्रक्रिया सरकारका केही मन्त्रीहरुका कारण रोकिएको खुलासा भएको छ ।

‘भारतसँग सम्बन्ध बिग्रने’ भन्दै मन्त्रीहरुले चीनबाट इन्धन ल्याउने प्रक्रिया अघि नबढाउन प्रधानमन्त्री सुशील कोइरालालाई समेत दबाब दिएका छन् । सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि र आपूर्तिमन्त्री सुनीलबहादुर थापाले चीनबाट इन्धन ल्याउने प्रक्रिया अघि बढ्न नदिएका हुन् । यी तीनै मन्त्रीले भारतले नेपालमा नाकाबन्दी नगरेको र नेपालकै आन्तरिक समस्याका कारण सिमा क्षेत्रबाट हुने आपूर्ति रोकिएको दाबी गर्दै आएका छन् ।

चीनले असल छिमेकी नेपाललाई अप्ठेरो परेको भन्दै इन्धनसहित आवश्यक सबै प्रकारका सहयोग उपलब्ध गराउन तत्पर रहेको बताउँदै आएको छ ।

उसले कुन गुणस्तरको इन्धन चाहिने हो सो खुलाएर सम्झौता पत्र तयार गर्न नेपाल सरकारलाई पत्राचार नै गरेको छ । तर नेपाली पक्षले अझै स्पष्ट जवाफ दिएको छैन ।

चीनले केरुङमा पर्याप्त इन्धन स्टक रहेको भन्दै तत्कालै नेपाल पठाउन सकिने जानकारी नेपाली अधिकारीहरुलाई दिएको थियो ।

भारतसँग समस्या समाधानका लागि वार्ता भइरहेको र चीनबाट इन्धन आयात गर्दा भारतसँगको सम्बन्ध बिग्रने भउकाले तत्काल सम्झौता गर्न नसकिने जवाफ मन्त्रीहरुले भने चिनियाँ राजदूत उ चुन्ताइलाई गराइसकेका छन् । चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीदेखि विदेश मन्त्रालय, नेपालस्थित दूतावनस र ल्हासामा रहेको महाबाणिज्य दूतावासले समेत नेपाललाई हरेक तहबाट सहयोग गर्न तयार रहेको सन्देश पठाइरहेका छन् । तर भारत थप चिढिने भन्दै नेपालले चीनबाट सहयोग ल्याउन चाहिरहेको छैन ।

स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत चीनबाट इन्धन ल्याउने प्रक्रिया अघि बढाउन प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गराएका छन् । जवाफमा प्रधानमन्त्रीले आपूर्ति मन्त्रालयलाई त्यसबारे तयारी गर्न भनेको बताएका थिए । – काठमाण्डूटुडे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।