माओवादी-कांग्रेस तालमेल देश बनाउन हैन प्रचण्डकी छोरी जिताउन : केपी ओली

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस–माओवादीले वैशाख ३१ मा हुने स्थानीय निर्वाचनमा केही महानगरपालिकामा गरेको चुनावी तालमेललाई देश बनाउने नभई छोरी जिताउने तालमेल भएको टिप्पणी गरेका छन् ।

एमाले काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘अहिले काँग्रेस–माओवादीका केही नेताहरुले एमाले र राप्रपाको चुनावी तालमेललाई सूर्य र गाईको मेलमिलाप भनी आलोचना गरेका छन्,’ ओलीले भने, ‘यो हाम्रो चुनावी तालमेल देश बनाउने हो । तर, अहिले कांग्रेस र माओवादीले जुन खालको चुनावी तालमेल गरेका छन् । त्यो नेताकी छोरीलाई मेयर बनाउने तालमेल हो ।’ आजको कारोबार दैनिकमा खबर छ ।

ओलीले कांग्रेस–माओवादीले छोरी उम्मेदवार बनाएर महिला उम्मेदवार भनेको पनि आरोप लगाए । ‘अहिले उहाँहरुले छोरी उम्मेदवार बनाएर महिला उम्मेदवार भन्नुभएको छ,’ उनले भने ‘महिला शसक्तिकरण र सामाजिक न्यायका लागि एमाले जति अरु कुनै पनि पार्टी लडेका छैनन् । त्यसैले छोरी उम्मेदवार बनाउनेहरुले एमालेलाई महिलाविरोधी भन्न मिल्दैन ।’

ओलीले देश बनाउने योजना एमाले बाहेक अरु पार्टीसँग नभएको भन्दै एमाले बाहेक पार्टीलाई भोट हाल्नु भन्दा घरमा सुत्नु ठीक हुने तर्क गरे । ‘एमाले बाहेक पार्टीलाई भोट हाल्नु भन्दा घरमा आनन्दले सुत्नुहोस्,’ ओलीले भने, ‘म तपाईँहरुलाई घरमा सुत्नुहोस् पनि भन्दिन् । भोट हाल्नुहोस् तर एमालेलाई नै हाल्नुहोस् ।’

उनले अहिले काँग्रेस–माओवादीको चुनावी तालमेलले जहानीया राणाशासनको झल्को दिएको टिप्पणी गरे । ‘अहिले नेपालमा राणाशासन छैन,’ उनले भने, ‘तर, जहानीय शासन अझै बाँकी छ भन्ने सन्देश अहिले काँग्रेस–माओवादीको गठबन्धनले प्रमाणित गरेको छ ।’ उनले यस्तो तालमेलको कुनै तुक नभएको भन्दै देशभक्त र राष्ट्रियता कमजोर बनाउने गठबन्धनको पषमा मतदान नगर्न पनि उनले सबै मतदातासँग आग्रह गरे ।

ओलीले एमालेसँग अहिले काठमाडौँ महानगरपालिकामा मात्र होइन देशभरी नै कुनै पनि पार्टीले प्रतिष्पर्धा गर्न नसक्ने ठोकुवा गरे । ‘एमालेको अरु पार्टीसँग तुलना नै हुन सक्दैन,’ ओलीले भने, ‘एमाले चुनावी मैदानमा ओर्लेपछि अन्य पार्टीका तुलनामा अध्यारोमा एक सय वाटको चीम बालेजस्तो हुन्छ ।’ उनले एमालेलाई चुनावी मैदानमा कसैले रोक्न खोज्नु भनेको सूर्यलाई हत्केलाले छेक्न खोजेजस्तो मात्रै भएको पनि टिप्पणी गरे । ‘कसैले एमालेलाई रोक्न खोज्छ भने हत्केलाले सूर्यलाई छेक्न खोजे जस्तो मात्रै हो,’ उनले भने ।

ओलीले बार चार प्रकारका हुने भन्दै प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउँदा समेत केही नवोलेर नेपाल बार एशोशियशनले गल्ती गरेको आरोप लगाए । ‘बार चार प्रकारका हुन्छन् । पहिलो बार एशोशियशन, दोस्रो साँझतिर रमाईलो गर्न जाने बार, तेस्रो खेतवारीमा लगाउने बार अनि चौथो आइतबार, सोमबार,’ ओलीले भने, ‘अन्य ती खाले बार भन्दा प्रमाणपत्र नै लिएको बार बढी घातक भयो ।

ओलीले न्यायाधीश चोलेन्द्र सम्शेर जवराले सुशीला कार्कीमाथि लागेको महाअभियोगलाई यथावत राख्नु भनी आदेश दिएको भन्दै न्यायलय जिउँदै रहेको दाबी गरे । ‘शक्ति पृथकीकरण र स्वतन्त्र न्यायलयको र्मम विपरीत जालसाझी ढंगले सत्ता अहंकारका साथ महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएर गलत काम भएको छ,’ उनले भने, ‘एमाले उहाँहरुलाई त्यो प्रस्ताव फिर्ता लिन आग्रह गर्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।