‘सर, यहाँ त होटलैपिच्छे वेश्यावृद्धि हुँदोरहेछ, धेरै युवतीहरु आपत्तिजन अवस्थामा फेला परेका छन्’

काठमाण्डौ, ‘गिरीलाई कतै होटलमा बन्धक बनाएर राखिएको त छैन्’ भन्नै शंका बोकेर गोंगवु एरियामा पुगेको प्रहरी छिनभरमा चकित भयो ।

गोंगवुका होटलमा लक्का जवान युवतीहरु आपत्तिजन अवस्थामा फेला परेपछी सर्च अपरेशनमा गएको टोलीले काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीलाई सोधे, ‘सर, यहाँ त होटलैपिच्छे वेश्यावृद्धि हुँदोरहेछ, धेरै युवतीहरु आपत्तिजन अवस्थामा फेला परेका छन् ।’

एसएसपी जोशीले उनिहरुलाई पनि नियन्त्रणमा लिन आदेश दिएसँगै काठमाडौं प्रहरीले बिहीबार साँझ १५ जना युवतीहरुलाई नियन्त्रणमा लिएको छ । युवतीहरुसँगै पाँच जना होटल संचालक र एकजना युवती खोज्दै पुगेका ग्राहक समेत पक्राउ परेका छन् ।

ब्यवसायीक रुपमा यौनधन्दामा संलग्न युवतीहरु होटलमा बस्ने र त्यहा पुग्ने ग्राहकको ईच्छा पुर्ति गर्ने कार्यमा संलग्न हुने गरेको काठमाडौं प्रहरीले जनाएको छ ।

‘होटल सञ्चालहरुले उनिहरुलाई जागिर नै दिएर राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ’ काठमाडौं प्रहरीका एक अधिकृतले भने, ‘युवतीहरु १८–२० उमेर समुहका छन् ।’
होटल संचालक र वेश्यावृद्धिमा संलग्न युवतीहरुबारे थप अनुसन्धान भईरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

नयाँ शक्तिका उम्मेद्वार मदन गिरी अपहरणमा परेको सूचना पाएसँगै प्रहरी उनको खोजिमा लाग्यो । गत बुधवार एकाएक गायव भएका गिरीको खोजीमा प्रहरीले बिहीबार राती काठमाडौंको गोंगवुमा रहेका होटल तथा गेष्ट हाउसहरुमा छापा मारेको थियो । – रातोपाटिबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।