अब कटुञ्जेबाट क्रिश्चियनलाई बाईबाई !

कटुञ्जेलाई धर्मपरिवर्तन मुक्त क्षेत्र घोषणा

कटुञ्जे वासीले कटुञ्जेलाई घर्म परिर्वतन मुक्त स्थल घोषणा गरेका छन् । सामुदायिक भवन तथा क्रियापुत्री भवन निर्माणका लागि लगाईएको श्रीमद भागवत सप्ताहाको समापन कार्यक्रममा सम्पुर्ण कटुञ्जेवासी का माझ उक्त स्थललाई धर्म परिवर्तन मुक्त स्थल घोषणा गरिएको हो ।

धर्म परिर्वतन मुक्त स्थलको घोषणा भागवत आयोजकका अध्यक्ष गणेशभक्त साखा , आयोजकका उपाध्यक्ष धुर्वराज लुईटेल ,पण्डित श्री रामकृष्ण उपाध्यय, महासचिव अनुप केसी र सचिव भरत साँगौला सहित सम्पुर्ण कटुञ्जे वासीले सँयुक्त रुपमा गरेका थिए ।

क्रिश्चियनहरुले विभिन्न लोभ लालचा एवं डर देखाएर धर्म परिर्वतन गराई आएको त्यसका विरुद्धमा सव एक जुट हुन आवश्यक भएकाले कटुञ्जेलाई घर्म परिर्वत मुक्त क्षेत्र घोषणा गरिएको कथा वाचक रामकृष्ण उपाध्याले वताउनुभयो । सनातन धर्म हिन्दु सँस्कृतिलाई संरक्षण एवं विश्व भर फैलाउनको लागि सम्पुर्ण देशलाई नै धर्म परिर्वतन मुक्त क्षेत्र घोषणा गरिनु पर्ने मा उहाँले जोड दिनुभयो ।

कार्यक्रमका मुख्य अतिथि उद्योग वाणिज्य संघका उपाध्यक्ष शेखर गोल्छाले पशुपतिमा पनि अन्य धर्मका धर्मालम्विलाई पनि प्रवेश दिनु पर्ने मा जोड दिदै यदि यसो गरिएमा हाम्रो धर्म र सँस्कृतीको विषयमा सम्पुर्ण जगतलाई प्रचार हुने र यसको प्रचार प्रसार पनि हुने वताउनुभयो ।

बालमिकि क्याम्पसका सह प्राध्यापक नवराज घिमिरेले कवितात्मक सैलीमा आफ्नो धर्म र सँस्कृतिको रक्षाका लागि सवै एक जुट हुनु पर्ने वताउनुभयो ।

सप्ताहको समापन कार्यक्रममा वोल्दै समाजसेवी एवं वुद्धिजिवी डाक्टर कुलराज निरौलाले क्रियापुत्री भवनको निर्माण गर्नु भनेको नै आफ्नो सँस्कृतीको रक्षा गर्न एक खुडकिला भएको वताउनुभयो ।

क्रियापुत्री भवन निर्माणका लागि भागवत वाट ६५ लाख रुपैयाँ उठेको भागवत आयोजक समितिका कोषाध्यक्ष ईश्वर खड्काले जानकारी दिनुभयो । उहाँले भागवतमा उठेको पैसा र विभिन्न दाताहरुले भवन निर्माण थालनी पस्चात गर्छु भनेको सहयोगले
कटुञ्जेमा सुविधा सम्पन्न क्रियापुत्री घर सहितको सामुदायिक भवन , मन्दिर निर्माण सँगैको पार्टी जिर्णोद्धार गर्न सक्क्षम भएको वताउनुभयो ।

सामुदायिक भवन तथा क्रियापुत्री भवन निर्माणका लागि लगाईएको श्रीमद भागवत महाज्ञान सप्ताह महापुराणमा हजारौं भक्तजनको सहभागिता भएको भागवतका सचिव भतर सँगौलाले जानकारी दिनुभयो । उहाँले भागवतमा पाल्नुहुने भक्तजन एवं दान दिनुहुने दाता, भागवतलाई सुविधा सम्पन्न रुपमा समापन गर्न सहयोग गर्नु हुने स्वेयमसेवक , उद्योगी,पत्रकार, ब्यापारी , स्वास्थ्यकर्मी, दैनिक भौतिक सहायोग गर्नुहुने सम्पुर्ण दाजुभाई दिदीवहिनी आमावुवा लगायत सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भागवत समारोह उद्घाटनका प्रमुख अतिथि श्री श्री श्री कमल नयन आचार्य जी मुक्तिनाथबाबालाई विषेश धन्यवाद दिदै क्रियापुत्री भवन निर्माणका लागि उहाँले बागदान समारोह समेत गरि दिने वताउनु भएकाले हाम्रो सम्पुर्ण कार्य सहज रुपमा समापन हुने मा विश्वस्त रहेको वताउनुभयो । सँगौलाका अनुसार भागवत समारोहमा चैतन्य कृष्ण स्वमी महाराज , वौदिक सनातन धर्मप्रचारक श्री १०८ स्वमी वेदान्तचार्य माधवनन्द दासजी लगायतका स्वामी महाराजहरु प्रती कृतज्ञाता ब्यक्त गर्नुभयो ।

भागवत आयोजक समितिका उपाध्यक्ष धुर्वराज लुईटेलले भावी कार्यक्रम माथी प्रकास पार्दै , क्रियापुत्री घर निर्माणका लागि सहयोग गर्छु भन्नुहुने विशिश्ट अतिथिहरुको भनाईलाई उघृत गर्नुभयो । भक्तपुर क्षेत्र नम्मवर २ का सवासद रामेश्वर ढुँगेलले संसद विकास कोषको विष लाख सम्म सहयोृग गर्ने तथा पुर्व मन्त्री महेश वस्नेतले भवन निर्माणका लागि आवश्यक पार्ने सम्पुर्ण सहयोग आफुहरुले गर्ने वताउनुभयो । यस्तै पुर्व मन्त्री गणेशमान पुन , पुर्व मन्त्री परशुराम खापुङ , उद्योग वाणीज्य महाँसंघका वरिष्ठ उपाध्यक्ष र गोल्छा अर्गनाईजेशनका अध्यक्ष शेखर गोल्छा , मारवाडी सेवा समितिका अध्यक्ष प्रदिप ग्वेल, सचिव महाविर घिरैया लगायतकाले तपाईहरु कार्य सुरु गर्नुहोस हामी सहयोग गर्ने वताउनुभयो ।

कार्यक्रम सँचालक अनुप केसीले सतै दिन भागवतलाई भब्य र सब्य साथ समापनु गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।