घरदैलोमा ओली देखिएपछि स्वागत गर्न कांग्रेस कार्यकर्ता पनि मैदानमै

लगनटोल(काठमाडौं) २५ बैशाख । काठमाडौं महानरमा मेयरका एमाले उम्मेदवार विद्यासुन्दर शाक्यको चुनावी घरदैलो कार्यक्रम सोमबारका लागि लगनटोलमा तोकिएको थियो । घरदैलोमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि आउने खवरपछि स्थानीवासीको बाक्लो उपस्थिति थियो ।

एमालेका अन्य नेताहरु लगनटोल डबलीमा उपस्थित भइरहेका थिए सँगसँगै थिए मेयरका एमाले उम्मेदवार विद्यासुन्दर शाक्य र महानगरका पूर्वमेयर केशब स्थापित पनि । त्यसैबेला ओली आइपुगे भीडमा उपस्थित सबैले परर ताली बजाए, स्थानीय नेवारी संस्कृति झल्काउने पहिरन र धिमे बाजाको बेग्लै रौनक थियो । मतदाताको घरदैलोमा ओली पनि जाने थाहा पाएपछि अन्य दलका समर्थकको पनि त्यहाँ उपस्थिति देखिएको थियो ।

लगनटोलको डबलीमा संक्षिप्त सभा भयो । ओलीले सम्बोधन गरे । उनले पटक पटक जनताले बहुमत दिएको कांग्रेसलाई सत्ता बाँदरको हातमा नरिवल भएको र उसले बहुमतको शासनकालमा देशका उद्योगधन्दा बेचेर अर्थतन्त्रलाई रुग्ण बनाएको उदाहरण प्रस्तुत गरे । एमालेले छोटो समय सरकार चलाउने अवसर पाउँदा विकास के हो गरेर देखाउन खोजेको कुरा राखे ।

यसपछि संक्षिप्त सभा सकियो । ओली घरदैलो अभियानमा मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यसँगै हिंडे । जव ओली घरदैलोमा हिंडिरहेका थिए अन्य पार्टीको चुनाव चिन्ह अंकित झण्डा गाडेका घरबाट पनि सर्वसाधारणहरु सडकमा ओर्लिन थाले । ‘उहाँ(ओली)को काम गर्ने तरिका हामीलाई मन परेको छ । हामी नेपाली कांग्रेसमा आस्था राख्ने भए पनि यसपटकको चुनावमा एमालेलाई सहयोग गर्छाै’ स्थानीय चिरी महर्जनले भनिन्, ‘पहिले देखि नै कांग्रेसमा लाग्दै आएकाले आस्थाको सम्मान गर्न मात्र कांग्रेसको झण्डा राखेको हो ।’ रुख चिन्हको झण्डा राखिएका घरबाट पनि मतदाताले तल झरेर ओली सहित एमाले उम्मेदवार विद्यासुन्दर शाक्यलाई स्वागत गरेका थिए । तल नझरेकाहरुले झ्यालझ्यालबाट हात हल्लाउँदै स्वागत गरेका थिए ।

घरदैलो कार्यक्रम भनिए पनि त्यसले र्यालीको रुप लिएको थियो । सो घरदैलो कार्यक्रम महानगरका वडा १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २७ मा भएको थियो । कार्यक्रममा नेताहरु जीवनराम श्रेष्ठ, पूर्व मेयर केशव स्थापित, युवा नेता बसन्त मानन्धर लगायतका स्थानीय नेताहरुको बाक्लो सहभागिता रहेको थियो । एमाले उपाध्यक्ष एवं ३ नं. प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य, पार्टी सचिव प्रदिप ज्ञवाली, बिष्णु रिमाल, भानुभक्त ढकाल लगायतका नेताहरुको कार्यक्रममा सहभागिता थियो । – चक्रपथबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।