नेकपा एमालेले आयोजना गरेको घरदैलोमा कांग्रेसका कार्यकर्ता घूसेर खुकुरी हानाहान, चार जना घाइते

काठमाडौं । स्याङजाको चापाकोट नगरपालिका ६ स्थित धारापानीमा एमालेले आयोजना गरेको घरदैलो कार्यक्रममा कांग्रेस कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट चार जना एमाले कार्यकर्ता घाइते भएका छन् ।

उनीहरुको चापाकोट सामुदायिक अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइते खनाल एमालेको तर्फबाट वडा नम्बर ६ को अध्यक्षका उम्मेदवार पनि हुन् ।

चापाकोट नगरपालिका ६ को धारापानिमा घरदैलो कार्यक्रम गरिरहेका एमालेका कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका हुन् । घाइते हुनेहरुमा स्थानीय डिल्लीराम खनाल, सुनबहादुर थापा, पदम विक र बेलबहादुर विक रहेका छन् ।

उनीहरुको चापाकोट सामुदायिक अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइते खनाल एमालेको तर्फबाट वडा नम्बर ६ को अध्यक्षका उम्मेदवार पनि हुन् ।

प्रहरीले कांग्रेस कार्यकर्ता धीरज खाँडलाई खुकुरीसहित पक्राउ गरेको छ । एमाले कार्यकर्ताले खुकुरीको खोल लगेर प्रहरीलाई बुझाएपछि मात्र प्रहरीले नांगो खुकुरीसहित खाँडलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय रत्नपुरले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।