‘तिमीलाई नै भनेर सारा खुसी छोडी आएँ’ (भिडियो सहित)

युएईमा रहेर पनि नेपाली नेपाली सुगम संगीतको पप तथा आधुनिक क्षेत्रमा कर्णप्रिय गीतहरु गाउँदै आएका पाँचगाछी झापाका रनु जबेगुले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘तिमीलाई नै भनेर सारा खुसी छोडी आएँ’ बोलको उक्त गीतको रचना तथा संगीत गायक स्वयम् जबेगुको रहेको छ ।

तिमीलाई नै भनेर सारा खुसी छोडी आएँ
तिम्रो चोखो माया पाउन भनी आएँ
गायक जबेगुले ६ महिनाअघि युएईबाटै ‘आउ मेरो…’बोलको श्रुतिमधुर गीत सार्वजनिक गरेका थिए । ‘ट्रायल’ एल्बममा समाविष्ट उक्त गीतको सफलताले अर्को नयाँ गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरेको रनुले बताएका छन् ।

नेपाली गीतसंगीतलाई माया गर्दै आफ्नो कला बेलाबखत प्रस्तुत गर्दै आएका गायक रनू जबेगुको यो गीत मिठो मेलोडीमा सजिएको छ । यस गीतको म्युजिक भिडियोको छायांकन दुबईका रमणीय स्थानहरुमा गरिएको हो । गीतको म्युजिक अरेन्ज आकाश गोर्खालीको रहेको छ । भिडिओमा राना अलेक्स ‘सुरेश’ र पूजा तामाङको अभिनय रहेको छ भने ब्यान्ड अपेरियन्समा ड्रममा निओन लिम्बु, रिदममा सुदिप तामाङ, र बेसमा कविराज लाम्गादे रहेका छन् ।

उत्कृष्ट म्युजिक भिडियो बन्ने क्रममा पछिल्लोपटक यूएईको नेपाली संगीतमा गायक रनु जबेगु राम्रो सम्भावनाका साथ देखापरेका छन् । रुनु विगत सात वर्षदेखि यूएईमा कार्यरत छन् । गीतसंगीतमा गहिरो रुचि भएका रुनुले धेरै लामो अभ्यास र प्रयासपछि निरन्तर रुपमा युएईबाटै कर्णप्रिय गीतहरु सार्वजनिक गरिरहेका छन् ।

रोजगारीका लागि परदेसिएकाहरुले पनि स्तरीय म्युजिक भिडियो दिनानुदिन सार्वजनिक गरिरहेका छन् । पछिल्लो समयमा म्युजिक भिडियो निर्माणकै लागि नेपालबाटै प्रोफेसनल म्युजिक भिडियोकर्मीहरु यूएई आएर काम गर्न थालेका छन् भने केही अनुभवी कलाकर्मीहरुको अथक प्रयासबाट हेर्नलायक म्युजिक भिडियो बनाउन थालेका छन् । रनुका गीत तथा भिडियोहरु पनि उत्कृष्ट सिर्जनाभित्र पर्न थालेका छन् । गायक रनुलाई उज्जवल सांगीतिक भविष्यको अग्रिक शुभकामना छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।