ऋषि धमलाले कार्यक्रम मै रुवाए सभामुख ओनसरीलाई, उपस्थितले पनि मन थाम्न सकेनन (भिडियो सहित)
काठमाडौं । व्यवस्थापिका–संसदकी सभामुख ओनसरी घर्तीमगरले विभिन्न राजनीतिक आन्दोलनबाट प्राप्त भएका उपलब्धिहरुलाई संस्थागत गर्नको लागि पनि निर्वाचन अपरिहार्य रहेको बताएकी छिन् । मंगलबार आगोले जलेर एक वर्षदेखि थलिएका राउटे युवा कपिल शाही उपचारपछि घर फर्केका छन् । उनलाई उपचारको लागि बैशाख ७ गते ट्रमा सेन्टरमा भर्ना गरिएको थियो। शाहीलाई मंगलबार एक समारोहकाबीच सभामुख घर्तीले शाहीलाई विदाई गर्दै यस्तो बताएकी हुन् ।
सभामुख घर्तीले राउटे समुदायको सहज जीवनको लागि आफ्नो ठाउँबाट पहल गर्ने बताइन् । शाहीलाई उपचार गरेर नयाँ जीवन दिलाएको भन्दै चिकित्सकहरुलाई उनले धन्यवाद व्यक्ति गरिन् ।उनले जंगलमा रुख काट्न नपाउने र पहिले जस्तो सिकार पनि नपाइने हुँदा सरकारलाई भत्ता बढाइदिन आग्रह गरे । घाईते शाही बुधबार सुर्खेत जाने राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले जानकारी गराईन।
कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आफुँ पनी आगोमा परको बताउँदै शाहीको स्वास्थ्य लाभको कामना गरे ।उनले भावुक हुँदै भने,‘म पनि आगलागीको मुखबाट बचेको हुँ, ०६४ सालको संविधानसभाको चुनावमा रिर्पोटिङ्को लागि नेपालगन्ज पुग्दा म बसेको सिद्धार्थ कटेजमा आगलागी भएको थियो, म १७ घण्टा बेहोस भएको थिएँ, त्यसैले म पनि मृत्युको मुखबाट बचेको मान्छे हुँ, आज तपाईहरुको माँझ उभिन पाएको छु, यो मेरो दोस्रो जीवन हो।’ धमलाले यस्तो भनिरहँदा कार्यक्रम सभाहलमा उपस्थित् सभामुख घर्तीमगर, चिकित्सक र दर्शकहरु रोएका थिए । बाँकि सोहि भिडियो हेर्नुहोस


