पूर्वमन्त्रीको निर्देशनमा एमाले कार्यकर्ताको हत्या

राजनीतिक रुपमै प्रतिवाद गर्छौंः एमाले नेता श्रेष्ठ

दोलखा । चुनावमा कांग्रेससँग तालमेल गर्दापनि दोलखाका कुनै पनि स्थानीय तहमा नजित्ने भएपछि माओवादी केन्द्र गुण्डागर्दीमा उत्रिएको छ । गोली र हातहतियारले सुसज्जित माओवादी जत्थाले होटलमा खाना खाइरहेका एमाले कार्यकर्ता कुलबहादुर तामाङलाई छुरा र भालाले रोपर हत्या गरेपछि उसको पराजित मानसिकता प्रकट भएको छ । पूर्वराज्यमन्त्री देवी खड्काको नेतृत्वमा गएको गुण्डाहरुको जमातले एमाले कार्यकर्ता कुलबहादुर तामाङलाई लखेटी लेखटी छुरा र भालाले रोपी हत्या गरेको घटनास्थल दोलखाको जुगुबाट प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभएको छ ।

माओवादीले जिल्ला बाहिरबाट लगेका पेशेवर गुण्डाको आक्रमणमा एमालेका पूर्व गाउँकमिटी सचिव दिलबहादुर बुढाथोकीको अवस्था पनि गम्भीर छ । गौरीशंकर गाउँपालिका वडा नम्बर २ जुगुको निलकन्ठेश्वर मावि नजिकै होटलमा खाना खाइरहेका एमाले कार्यकर्ताहरुमाथि पूर्वराज्यमन्त्री खड्काको नेतृत्वमा अन्धाधुन्ध फायर गरी घेरा हाली आक्रमण गरिएको थियो ।

जिल्लाबाहिरका पेशेवर गुण्डा लगेर पूर्वराज्यमन्त्री खड्का र सहइन्चार्जकै नेतृत्वमा आक्रमण गरेका थिए । गौरीशंकर गाउँपालिका वडा नम्बर १ का वडा सदस्यका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुरलाई भाला र छुराले रोपीरोपी हत्या गरी म¥यो भनेर फालिदिएका थिए । उनलाई चरिकोटमा उपचारार्थ ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । आक्रमणमा परेका दिलबहादुर बुढाथोकीको अवस्था गम्भीर छ । उनलाई काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालको सीसीयुमा राखी उपचार भइरहेको छ ।

जिल्लाबाहिरका पेशेवर गुण्डाहरु लगेर पूर्वराज्यमन्त्री देवी खड्का र विशाल खड्काले नै गोली फायरिङ गरेका थिए । देवी र विशालले नै १७ राउन्ड फायर गरेका थिए । फायर गर्दै एमाले कार्यकर्ताहरुलाई होटलमा घेरा हालेपछि माओवादी पोलिटब्यूरो सदस्य गंगाबहादुर कार्कीका छोरा विश्वास कार्की, प्रभात भन्ने गणेश कार्की, ढालबहादुर खड्का, झ्याँकुका साङदोर्जे शेर्पा, तीर्थबहादुर कार्की, रोशन खड्का, माओवादी गौरीशंकर गाउँपालिकाका अध्यक्ष निमा लामासमेतले एमाले कार्यकर्तामाथि आक्रमण गरेका थिए । उनीहरुसँग जिल्ला बाहिरबाट लगेका पेशेवर गुण्डाहरु पनि रहेको एमाले केन्द्रीय सदस्य पार्वत गुरुङले बताएका छन् ।

केन्द्रीय सदस्य गुरुङले भने, पूर्वराज्यमन्त्रीकै नेतृत्वमा छुरी भाला बोकेर आएका गुण्डाहरुले खाना खाइरहेका निहत्था एमाले कार्यकर्तालाई आततायी ढंगले भाला र छृुरी रोपेर हत्या गरिएको छ । हामी हत्यारामाथि कारबाहीको माग गर्दछौं । प्रहरी प्रशासनले हत्याराहरुलाई छिटोभन्दा छिटो पक्राउ नगरे एमाले चुप लागेर बस्नेछैन ।

एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले दोलखा घटनाले माओवादी राजनीतिक पार्टीको रुपमा रुपान्तरण भइसकेको रहेनछ भन्ने प्रष्ट पारेको प्रतिक्रिया दिनुभयो । नेता श्रेष्ठले भन्नुभयो– दोलखामा पाशविक र बर्बर आक्रमण गरी एमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्या गरिएको छ । अरु केही कार्यकर्ता घाइते छन् । नेकपा एमालेले यसलाई सहनेछैन । यसो भनिरहँदा एमाले कुकुरले खुट्टा टोक्यो भन्दैमा कुकुरलाई टोक्न जाँदैन । यसलाई राजनीतिक रुपमै प्रतिवाद गर्नेछ ।

२० बर्षपछि हुनलागेको स्थानीय निर्वाचनमा जनताबाट पराजीत हुने देखेपछि माओवादी विक्षिप्त भएको छ । राज्यमन्त्रीकै नेतृत्वमा हत्या हुनुले माओवादी विक्षिप्त भएको प्रष्ट भएको छ । यो आक्रमण चुनाव भाँड्ने उद्देश्यले गरेको कुरामा पनि हामी सतर्क छौं । एमाले सरकारलाई यो घटनाका दोषीलाई तत्काल गिरफ्तार गर्न ध्यानाकर्षण गराउँछ । – रातो सूर्य



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।