प्रचण्ड निवासमा यसरी भयो बामदेबलाई प्रधानमन्त्री बनाएर एमाले फुटाउने योजना…

काठमाडौँ, २७ वैशाख । ०७३ साउन २० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निर्वाचित हुनअघि कांग्रेससँग एउटा सहमति भएको थियो । कांग्रेस र माओवादीले ९÷९ महिना सरकार चलाउने । तर त्यसबीचमा अर्को सहमति पनि भयो एउटा चुनाव प्रचण्डकै नेतृत्वमा गर्ने । अहिले स्थानीय तहको निर्वाचन आउन केहि दिन मात्र बाँकी रहँदा नयाँ सरकार गठन गर्न लागि परेको रहस्य बाहिरिएको छ ।वर्तमान सरकार गठनका बेला संविधानमा असन्तुष्ट मधेसी मोर्चासंग भएको तीन बुँदे सहमतीमा यो बिषय उल्लेख छ । सरकारको १० महिने अवधीमा धेरै प्रयास गरिए । अहिले संविधानको दोस्रो संसोधन विधेयकको पहिलो प्रस्ताव संसदबाट फिर्ता लिएर दर्ता भएको दोस्रो विधेययक बिचाराधिन छ । यसको टुङ्गो अब यहि सरकारले लगाउने हो की नयाँ सरकारले भन्ने यकिन छैन् ।

प्रधानमन्त्री प्रचण्डले आउँदो जेठ ४ गते संसदबाट विधेयकको छिनोफानो गरिदिने आश्वासन दिएका छन् । तर त्यो आश्वासन शेरबहादुर देउवाले पुरा गर्छन की एमाले उपाध्यक्ष बामदेव गौत्तमले राजनितिक वृतमा गहन छलफल र चर्चाको बिषय भएको छ ।एमाले उच्च स्रोतका अनुसार यसअघि केपी ओलीसंग प्रधानमन्त्री प्रचण्डले गरेको भद्र सहमती कार्यन्वयन नभएजस्तै यसपटक पनि दोहोरिने खतरा बढेको छ । एमाले उपाध्यक्ष बामदेव गौत्तमको नेतृत्वमा सरकार बनाउने गरि छलफल सुरु भैसकेको छ । स्रोतले भन्यो अध्यक्ष ओली स्वमं यसमा लागेका छन् । यसमा बरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले पनि साथ दिएका छन् । तर प्रचण्डले केहि दिन पर्खन बताएका छन् । प्रचण्डले अबको केहि दिनमा नै निर्णय दिने बताएका छन् । केहि दिन अघिमात्र प्रचण्ड निवासमा ओली र प्रचण्डको बामदेवलार्इ प्रधानमन्त्री बनाउने विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।

स्थानीय निर्वाचनको पहिलो चरणको निर्वाचनमा बलियो उपस्थिति देखाउने र दोस्रोलाई अझ बढि आफ्नो पक्षमा मतदाता जुटाउने उसको रणनिति छ । यसको छनक मंगलवार एमाले उपाध्यक्ष स्वंम गौत्तमले पुष्टी गरिदिएका छन् । तीन दलको छलफलपछि गौत्तमले भने, “हाम्रो पार्टी संविधान संशोधनको विरोधी होइन, सबैलाई सर्वस्वीकार्य हुने गरी भाषामा केहि संशोधन गर्न सकिए पार्टीले सहयोग गर्छ ।” सुरुमा संसोधन विधेयकलाई राष्ट्रघातीको संज्ञा दिँदै संसदको प्रक्रियामा लैजानै नदिने भनेर अड्डि कसेर बसेको एमालेले मंगलवारसम्म आईपुग्दा एकाएक विधेयकमा थोरै भाषा संसोधन गरेर पारित गर्न सकिने सार्वजनिक अभिब्यक्ति दिनुलाई सामान्य अर्थमा लिन सकिन्न ।

माओवादिभित्रका केही ब्यक्ति समेत कांग्रेस माओवादी गठबन्धन भत्काउन लागिपरेको श्रोत वताउँछ । स्थानीय तहको निर्वाचनपछि सत्ता हस्तान्तरण गर्ने भनिएकोमा पहिलो चराणको र दोस्रो चरणको संगै बजेट ल्याउन दिनुपर्ने माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले बताएपनि अध्यक्ष प्रचण्डले जेठ पहिलो हप्ता नै राजिनामा दिने सहमती गरिसकेका समाचार सार्वजनिक भैसकेका छन् ।

कांग्रेसका एक नेताले भने “हाम्रो गठबन्धन टुट्दैन ढुक्क भए हुन्छ । चुनावी तालमेल नै गरेर अघि बढेको समिकरणलाई शंका गरेर हुन्छ रु ” संसदिय प्रक्रियामा राम्रो संग भिजेको कांग्रेस सितिमिति राजनिति आफ्नो पकडबाट बाहिर नजानेमा ढुक्क छ । तर माओवादी र एमालेको गठबन्धन टुटाएर राजनितिक बिचारधारा मिल्दै नमिल्ने पाटीसंग गठबन्धन गरेका शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल आन्तरिक चुनौती हुन् । वर्तमान सरकारलाई दोस्रो पटक सर्मथन दिएको राजपाले एमालेलाई साथ दिन्छ त रु पेचीलो प्रश्न यतातिर छ । एमालेले आश गरेको राजपा नलहस्यिला भन्न सकिन्न तर राजपाका नेताहरुले पष्ट भनेका छन् वर्तमान सरकार नै हाम्रो अनुकुलको छ र यसैले माग पुरा गर्छ । यसर्थ एमालेको भित्रि चाहना अनुरुप माओवादी र राजपालाई फकाउने प्रयासले औपचारिकता नै पाउन नसक्ने अड्कल काट्न मुस्किल हुन्न । विजय कुमार गछ्यदार नेतृत्वको लोकतान्त्रिक फोरमलाई सरकारमा सहभागि गराउनुले पनि थप पुष्टी गरेको छ । – खबर डबलीबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।