सिङ्गै रुख रोप्ने मेशिन ल्याईने भएपछि अब काठमाण्डौं चाडै हरियाली हुने

बैशाख २८, काठमाडौं उपत्यकाका नदी किनारा, पार्कजस्ता सार्वजनिक स्थानहरुमा विरुवा होइन अब रुख रोपिने भएको छ।

काठमाडौं महानगरपालिकाले बागमती लगायतका नदी किनार तथा आवश्यक स्थानहरुमा रुख रोप्नको लागि मेसिन खरिद गर्ने काम अगाडि बढाएको छ। विरुवा रोप्दा हुर्काउन बढाउन झन्झट हुने भएकोले एकपटक जंगलबाट रुख ल्याएर रोप्ने ‘ट्रि ट्रान्सप्लान्टर’ ल्याउन लागिएको महानगरका प्रमुख कार्यकारी अधिकृत इश्वरीराज पौडेलले जानकारी दिए।

पहिलो चरणमा कम्तिमा पनि तीन वटा प्लान्टर ल्याउने तयारीमा महानगर रहेको र प्राविधिक अवलोकनका लागि टोली छिट्टै भारत जाने पौडेलले जानकारी दिए। यो मेसिनले कुनै पनि जंगलमा हुर्किएको निश्चित उचाई, गोलाई भएको रुखलाई माटोसहित उठाएर आवश्यक स्थानमा खाल्डो बनाएर रोप्न सक्छ।

न्यूनतम एउटा मेसिनको साढे एक करोड रुपैयाँ मूल्य पर्ने बताइएको छ। प्लान्टर खरिदको प्रक्रिया चुनाव लगत्तै सुरु गर्ने तयारीमा रहेको महानगरले यसबारेमा अध्ययन गर्न प्राविधिक टोली भारत पठाउने भएको छ।

‘ब्रुमरसँगै प्लान्टर पनि ल्याउने योजनामा हामी छौँ’ पौडेलले सेतोपाटीसँग भने, ‘यसको बारेमा भारतमा भइरहेको प्रयोगबारे अध्ययन गर्न हाम्रो प्राविधिक टोली नै जाँदै छ।’ पहिलो चरणमा महानगरले बागमतीसँगै केही मुख्य पार्कहरुमा मेसिनबाट रुख रोप्ने योजना बनाएको छ।

बागमतीको किनारामा बाँध लगायतका अन्य पूर्वाधारहरु तयार भइसकेकोले पहिलो चरणमा त्यही रोपिने र अन्य नदीहरुमा पनि त्यसरी तयार हुँदै गएपछि हरेक ठाउँमा रुख नै रोपिने पौडेलले जानकारी दिए।

सहरमा हरियालाी बनाएर वातावरण स्वच्छ राख्नको लागि रुख विरुवा आवश्यक भएपनि विरुवा रोप्दा त्यसलाई हुर्काउन बढाउन धेरै दुःख हुने भएकोले रुखै रोप्दा छिटो हरियाली हुने र हुर्काउन पनि कठिन नहुने पौडेलको बुझाइ छ।

‘विरुवा रोप्दा त्यसलाई हुर्काउन कठिन हुने हाम्रै अनुभवले पनि देखाउँछ’ पौडेलले भने,‘तर रुख नै रोप्दा त त्यो पहिले नै ठूलो हुन्छ स्वभाविक रुपमा भरपर्दो हुन्छ।’ नदी किनारा मात्र होइन उपत्यकामा बन्दै गरेका र भविष्यमा बन्ने पार्कहरुमा हरियाली बनाउन विरुवाको सट्टा रुख रोप्न सकिने महानगरले जनाएको छ।

त्यस्तै ब्रुमर किनेर उपत्यकाको धुलो हटाउने योजना बनाएको महानगरले त्यसको बारेमा अध्ययन गर्न एउटा प्राविधिक टोलीलाई भारत पठाउने भएको छ। १० वटा ब्रुमर किन्ने योजना बनाएको महानगरले भारतीय सहरमा भइरहेको सहर सफाइको अभ्यासको अवलोकन गर्न एक प्राविधिक टोली पठाउने भएको कार्यकारी अधिकृतले जानकारी दिए।

महानगरले खरिद डकुमेन्ट तयार पार्नको लागि त्यसको प्राविधिक अध्ययन गर्नुपर्ने भएकोले स्थलगत अध्ययन गर्न टोली भारत पठाउने जानकारी दिएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।