प्रचण्डको गृह जिल्ला पुगेर ओलीले भने, “नाम्लो लगाएर बोक्नेहरुलाई के भनौं र खै ?”

चितवन, २८ वैशाख । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल कांग्रेस र माओवादीका नेताहरु विदेशीका अगाडी लम्पसार परेको आरोप लगाएका छन् । बिहिवार आज चितवनको भरतपुर महानगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

आक्रामक रुपमा प्रस्तुत भएका ओलीले माओवादी –कांग्रेस गठवन्धनतर्फ संकेत गर्दै ओलीले कांग्रेसले नाम्लो लगाएर माओवादी बोकेको बताएका छन् । उनले भने ‘नाम्लो लगाएर बोकेकाहरुलाई के भनौं र खै ?’

त्यस्तै बाँदरमुढे घटनाका घाइते यही छन्, हजुरआमा भेट्न आउँदा टाँडीमा जलाइएका कृष्ण अधिकारीकी आमा अझै अस्पतालमै छिन, माओवादीको भाटा खाएका कांग्रेस कार्यकर्ताका ढाँडमा अझै सुम्लाका डाम छन् ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।