नेपाल–भारत सीमाक्षेत्रमा झडप भएपछी नेपाल–भारत सीमामा आवतजावत ठप्प

बैतडी । तल्लोस्वराडमा पर्ने नेपाल–भारत सीमाक्षेत्र कुस्मतघाट नाकामा आजदेखि आवतजावत बन्द भएको छ ।

आज बिहान शिवनाथ गाउँपालिकाको शर्मालीस्थित नेपाल–भारत सीमामा अवस्थित कुस्मतघाट महाकाली नदीमा डुङ्गा चालक (माझी)लाई भारतीय युवाले कुटपिट गरेपछि सीमाक्षेत्रमा आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख कमलबहादुर विष्टले जानकारी दिए।

तीन चार भारतीय युवकको समूह नेपालमा विवाहमा आई नेपालमै मादक पदार्थ सेवन गरेर महाकालीमा डुङ्गा चलाइरहेका नेपाली धनवीर साउदलाई कुटपिट गरेको प्रहरीले बताएको छ ।

धनवीरकै डुङ्गाबाट यात्रा गर्दै भारत गएका युवाले भारतमा पुगेपछि साउदलाई कुटेको बताइएको छ । कुटपिटपछि आक्रोशित नेपालीले सीमाक्षेत्र बन्द गराएका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।